इलाम ।
इलामको सूर्योदय नगरपालिका–७ गोगनेका एक युवाको हत्या अभियोगमा प्रहरीले एक भारतीय सहित दुई जनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–७ का २९ वर्षिय बिमल घलेको हत्या अभियोगमा दार्जिलिङ विजनबारीका २९ वर्षका विजय घले र सूर्योदय नगरपालिका–७ का २८ वर्षका सुमन घलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय म्याद थप गरेर इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान गरिरहेकोे प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । घलेको शव घर नजिकैको अवस्थामा फेला परेको थियो । शवमा चोटपटक देखिएको, रगत चुहिएको भेटिएपछि घटना शंकास्पद थियो ।


920 पटक हेरिएको 






