इलामका दुई पालिकाले ग¥यो माघेसक्रान्ती पर्वमा सार्वजनिक विदा

पर्वमा सार्वजनिक विदा

  सरलपाटी सम्वाददाता

 565 पटक हेरिएको

इलाम । इलामका दश पालिका मध्ये दुई पालिकाले माघेसक्रान्ती पर्वको अवसरमा माघ १ गते स्थानिय सार्वजनिक विदा दिएको छ । जिल्लाका माङ्गसेबुङ्ग र माईजोगमाई गाउँपालिकाले गाउँकार्यपालिकाको बैठक बसी सार्वजनिक विदा दिने निणर्य गरेको हो । किराँत धर्मावलम्बीहरुको नयाँ वर्षको पहिलो दिन र परम्परागत रुपमा लाग्ने माइबेनी मेलालाई सबैले सहज रुपमा मनाउन पाउनु पर्छ भन्दै सार्वजनिक विदा दिएको पालिकाले जनाएको छ ।

यी दुई पालिकामा विभिन्न सरकारी कार्यलय, संघसस्था, शिक्षण सस्थाहरु, वैंक लगायतका कार्यलय सञ्चालन नहुने गरी विदा दिइएको हो । मकर संक्रान्ति, माघी नामले चिनिने किँरातहरुको नयाँ वर्षको रुपमा परम्परा देखि नै मनाउने गरिन्छ । यो नेपालको एक प्रमुख चाड हो । माङ्गसेबुङ्ग गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले भने,‘माघ १ गतेको स्थानिय महत्व भएकाले गाउँकार्यपालिकाको बैठक बसी सार्वजनिक विदा दिने निणर्य गरेका हौँ ।’ उनी भन्छन् , ‘यस दिन विगतका समयमा पनि नेपालमा सार्वजनिक विदा दिने गरिन्थ्यो ।’

परम्परागत रुपमा लाग्दै आएको माइबेनी मेला यस वर्ष पनि गएको सोमबार पुस २८ गतेबाट लागीरहेको छ । सदरमुकामबाट तीन किलोमिटर पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो लाग्ने गर्छ ।

मित्रराष्ट्र चीन र भारतका व्यापारीहरू र भक्तजनहरु मेलामा सहभागी हुने गरेकाले मेलाको व्यापारिक महत्व समेत रहेको पालिकाको भनाई छ । उक्त मेलामा धाननाच, चण्डीनाच, लगायतका परम्परागत नृत्य समेत हेर्न पाइन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले आजबाट दिन भन्दा रात छोटा हुँदै जान्छन् । यसले गर्दा पनि माघ १ गतेको महत्व रहेको पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार