माइपोखरी सञ्चार सहकारी संस्थाको अध्यक्षमा पुन ः सापकोटा

चाैथाे अधिवेशन सम्पन्न

  सरलपाटी संवाददाता

 456 पटक हेरिएको

इलाम एफ एम प्रसारित संस्था माइपोखरी सञ्चार सहकारी संस्था इलामको अध्यक्षमा पुन ःकेदार सापकोटा सर्वसहमतिबाट चयन भएका छन् । सहकारीको तेह्रौ साधारण सभा तथा चौथो अधिवेशनबाट सापकोटा पुन ः अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, संस्थाको सदस्यहरूमा नरेन्द्र खड्का, विद्या सापकोटा, देवनारायण वराल, गणेशप्रसाद अधिकारी, जसबहादुर राई, चित्रप्रसाद दाहाल, राजेन्द्र पौडेल,हरिबहादुर दाहाल चयन भएका छन् ।
संस्थाको अर्को बैठकबाट समितिका अन्य मुख्य पदलाई पूर्णता दिने जनाइएको छ । यस्तै, लेखा समिति संयोजकमा पदमसिंह थापा र सदस्यहरूमा खगेन्द्र खड्का र प्रकाश चापागाईं चयन भएका छन् ।
संस्थाका अध्यक्ष केदार सापकोटाको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यता र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको विशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार