वाणिज्य बैंकले राहसललाई दियो खाद्यान्न र खेल सामग्री

बै‌ककाे नमूना याेग्य काम

  सरलपाटी सम्वाददाता

 753 पटक हेरिएको


इलाम।राष्ट्रिय वाणिज्य बैंक इलाम शाखाले इलाम नगरपालिका गोलाखर्कमा रहेको राहस बाल अनाथालयलाई खाद्यान्न तथा खेल सामग्री हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व तथा वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत वित्तिय जानकारीसँगै शनिबार राहसललाई सामग्री हस्तान्तरण गरिएको हो । बैंकले चार बोरा चामल, एक बोरा चिउरा, एक बोरा भुजा, दुई कार्टुन तेल र खेलकुदका सामग्रीहरु हस्तान्तरण गरेको हो । बैंकका सहायक प्रबन्धक मनोज थाम्सुहाङ्गले राहसल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चौहानलाई सो सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रमा उपस्थित राहलका सञ्चालक समिति, निर्माण समिति र स्थानीयलाई बैंकले दिने सेवाको विषयमा पनि जानकारी दिइएको थियो । बैंकले दिने साहुलियत व्यावसायिक कर्जा, कृषि कर्जा र वचतको विषयमा बैंकका सहायक प्रबन्धक थाम्सुहाङ्गले जानकारी गराएका थिए ।
बैंकले हरेक त्रैमासिकमा उत्तरदायित्व र साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार