नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ

झडपका क्रममा दुई जना घाइते

  सरलपाटी सम्वाददाता

 470 पटक हेरिएको

काठमाण्डौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पक्राउ परेका छन् ।

भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीले गजुरेललाई पक्राउ गरेको हो । माइतीघर मण्डलाबाट शुरु भएको जुलुस सिंहदरबार घेराउ गर्ने भन्दै हनुमानथानतर्फ अगाडि बढ्ने क्रममा बिजुलीबजार पुल नजिकबाट गजुरेललाई पक्राउ गरिएको हो ।

बिजुलीबजार नजिक झडपको स्थिति समेत सिर्जना भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा १ जना प्रदर्शनकारी महिला र १ जना प्रहरी घाइते भएको जनाइएको छ ।

प्रहरीले गजुरेलसहित प्रदर्शनमा सहभागी करिब १५ जना लाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार