
इलाम । इलामका दुई पालिकामा परियोजनाद्धारा सीप प्रदान गरेपछि गाउँका युवाले गाउँमै रोजगारी पाएका छन् ।
सामाजिक रुपान्तरणका लागि युवा अभियान, सुरक्षित आप्रवासन तथा मानव वेचविखन रोकथामका लागि युवा समुहको परिचालन नामक परियोजनाबाट सीपमूलक तालिमको आयोजना गरेपछि गाउँका युवाले गाउँमानै रोजगारी पाएको परियोजना संयोजक सन्तोष मगरले जानकारी दिए ।
उनका अनुसार, जिल्लाका रोङ गाउँपालिका र माई नगरपालिकामा सशक्तिकरण युवा समूह गठन गरी ६९ जना युवालाई सीपमूलक तालिम प्रदान गरिएको हो ।
तालिम पाएपश्चात ती युवाहरुले दर्ता नै गरेर व्यवसाय शुरु गर्न लागेका छन् । उनले भने, ‘दुई पालिकाका १६ वडाका युवालाई सीपमूलक तालिम दिइएको थियो । परियोजना अन्तरगत दुई पालिकामा २७ वटा प्लाष्टिक बनाइएको समेत उनले जानकारी दिएका छन् ।
पछिल्लो समय दिनानु दिन बढ्दै गएको असुरक्षित आप्रवासन र मानव बेचविखनलाई रोक्ने उद्देश्यले एडब्लुओ नामक अन्र्तराष्ट्रिय जर्मन संस्थासँगको साझेदारीमा मानव अधिकार मञ्च नेपाल इलामले पालिकाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।
परियोजना अन्तरगत सुरक्षित वैदेशिक रोजगारी र मानव वेचविखन सम्बन्धि कचहरी नाटक, घरदैलो अभियान कार्यक्रम,रेडियो नाटक, निबन्ध प्रतियोगिता लगायत जस्ता कार्यक्रम सञ्चालन भएपछि गाउँमा जनचेतना बढेर गएको मानव अधिकार मञ्चका मोहनसिंह थेवेले बताए ।
परियोजना ९२ लाख २५ हजार रुपैयाँको लगानीमा सञ्चालन गरिएको हो । यता अन्तर्राष्ट्रिय कामदार २०१९ को अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
दिवसको अवसरमा मानव अधिकार मञ्च नेपाल इलामले ‘सीप र रोजगार आर्थिक समृद्धिको आधार’ शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगीतामा हेरिटेज नेशनल एकाडेमी स्कूलकी एलिसा खड्का पहिलो भएकी छिन् ।
प्रतियोगितामा इलाम माविकी छात्रा एलिसा खड्का प्रथम, आदर्श माविकी रस्मीना खड्का द्वितीय र हेरिटेज नेशनल एकाडेमीकी हेन्जिला थेवे तृतीय भएकी छिन् । प्रथमलाई नगद १ हजार ५ सय, द्धितियलाई १ हजार र तृतियलाई ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको आयोजक मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ ।
प्रतियोगितामा इलाम नगरपालिकाका ४ वटा माध्यमिक विद्यालयका १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । आदर्श मावि, इलाम मावि, अमर मावि र हेरिटेज नेशनल एकाडेमी स्कूलका विद्यार्थीहरुले सहभागीता जनाएको मञ्चले जानकारी दिएको छ ।
मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।


469 पटक हेरिएको 






