इलाममा एकै वर्ष ४९ नवजात शिशुको मृत्यु

  सरलपाटी सम्वाददाता

 939 पटक हेरिएको

इलाम ।
इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको मृत्यु भएको पहिचान भएको छ । सन २०१९ को हालसम्ममा ४९ जना नवजात शिशुको मृत्यु भएको ‘वन हर्ट वल्ड वाइड’ नामको गैर सरकारी संस्थाले पहिचान गरेको हो । वनहर्टले इलाममा मातृ शिशु स्वास्थ्यको क्षेत्रमा सन २०१८ देखि काम गर्दै आएको छ ।
जन्मेको २८ दिनभित्र शिशुहरुको मृत्यु भएको हो । त्यसमा सूर्योदय नगरपालिकामा सवैभन्दा बढि मातृ शिशुको मृत्यु भएको पाइएको छ । सूर्योदयमा मात्रै १६जना नवजात शिशुको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पाँच/पाँच जना नवजात शिशुको मृत्यु भएको पुष्टि भएको छ । एक वर्षको अवधिमा माईनगरपालिका, देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा चार/चार जना नवजात शिशुको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिकामा तीन, माङसेबुङ्ग गाउँपालिकामा दुई र रोङ गाउँपालिकामा एक जना नवजात शिशुुले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ ।
अधिकाशं शिशुको घरैमा मृत्यु भएको पाइएको छ । केहीले स्वास्थ्य संस्था लैजादा लैजादै बाटैमा ज्यान गुमाएका छन् । कतिप शिशुको भने स्वास्थ्य संस्थामानै मृत्यु भएको तथ्यांकमा उल्लेख छ । जिल्लामा रहेका प्राथामिक स्वास्थ्य संस्थादेखि झापा र मोरङ्गका नाम चलेका अस्पतालहरुमा समेत इलामका नवजात शिशुहरुको मृत्यु भएको पाइएको छ । नवजात शिशुको मृत्युको एकिन कारण नखुेको भएपनि समय नपुगी जन्मेका शिशु, घरमानै सुत्केरी गराउँदा र नवजात शिशु स्याहारबारे जानकारी नहुँदा नवजात शिशुको मृत्यु हुने गरेको बताइएको छ ।
वन हर्ट वल्ड वाइटले स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयम सेविका मार्फत पाएको सूचनालाई स्थलगत रुपमा पनि जाँचबुझ गर्ने गरेको छ । ‘हामीले सूचना पाएपछि स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकालाई लगेरै घटनाको बारेमा बुझ्छौ’, वन हर्ट वल्ड वाइटका इलाम संयोजक संदिप गुरुङ्गले भने,‘अहिले नवजात शिशुको मृत्यु भएमा रिपोर्टीङ्ग गर्ने चलन बढेकाले संख्या बढि देखिएको हो ।’ वन हर्टले एक वर्षमा भएका घट्नाहरुको मात्रै अभिलेखिकरण गर्ने गरेको जनाएको । ‘एक वर्षभन्दा अघि भएका घटनालाई हामी अभिलेखीकरण गर्दैनौ’, कार्यक्रम संयोजक गुरुङ्ग भन्छन्,‘यसमा जिल्ला बाहिर भएका घटनाहरु पनि समावेश छन् ।’ जिल्ला स्वास्थ्य कार्यालयमा भने जिल्ला बाहिर भएका घटना अभिलेखीकरण हुँदैन । कार्यालयले स्वास्थ्य संस्थामा भएका घटना मात्रै अभिलेखीकरण गर्ने भएकाले सरकारी तथ्यांकमा नवजात शिशु मृत्युको संख्या कम मात्रै हुने गरेको छ । ‘स्वास्थ्य संस्थामा भएका घटना मात्रै जिल्ला स्वस्थ्य कार्यालयमा थाहा हुन्छ’, स्वास्थ्य कार्यालय इलामका प्रमुख बृज कुमार दासले भने,‘बाहिरी जिल्लाको स्वास्थ्य संस्थामा भएका घटना त्यहीबाट रिपोर्टीङ्ग हुन्छ, जिल्लाको तथ्यांकमा देखिदैन ।’ बाहिर भएका घटना जिल्लाबाट पनि सूचिकरण गराउँदा दोहोरो पर्ने भएकाले अन्य जिल्लाबाटै स्वास्थ्य सूचना प्रणालीमा दर्ता हुने गरेको छ ।

सुत्केरी महिला या नवजात शिशुको मृत्यु भएको थाहा पाएपनि स्वास्थ्य कर्मीले आफ्नो कार्यक्षमतामाथि प्रश्न उठ्ने डरले स्वास्थ्य कार्यालयलाई जानकारी गराउँदैनन् । स्वास्थ्य संस्था बाहिरका घटना थाहा भएपनि स्वास्थ्यकर्मीले थाहा नभएझै गर्ने गरेका छन् । घटनाको बारेमा जानकारी दिए वन हर्टले महिला स्वास्थ्य स्वयमसेविकालाई सुविधा दिने गरेको छ । त्यसले वनहर्टलाई जानकारी प्राप्त हुने गरेको छ । स्वास्थ्य कार्यालयमा करिव २५ प्रतिशत हाराहारीले मात्रै संस्थागत सेत्केरी गराउनेको गरेको तथ्याक छ । गैर सरकारी संस्थाहरुले गरेको अध्ययनमा घरमा सुत्केरी गराउनको संख्या निकै कम छ । एक वर्षमा दुई हजार एक सय ६७ महिला सुत्केरी भएका छन् । तिमध्ये घरैमा सुत्केरी गराउनेको संख्या एक सय २८ मात्रै छ । एक हजार आठ सय ४२ जनाले जिल्ला बाहिर गएर सुत्केरी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार