५० लाख पर्ने जग्गा नगरपालिकालाई निशुल्क प्रदान

  सरलपाटी सम्वाददाता

 1298 पटक हेरिएको


इलाम । इलाम नगरपालिका वडा नं. ६ निवासी दुई व्यक्तिले झण्डै ५० लाख पर्ने जग्गा इलाम नगरपालिकालाई निशुल्क प्रदान गरेका छन् । मित्रलाल भट्टराई र तेजकुमारी दाहालले इलाम नगरपालिका वडा नं. ६ स्थित पिपलबोटेमा रहेको एक रोपनी जग्गा दान गरेका हुन् । उनीहरुले स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा दान गरेका हुन् । भट्टराईले आठ आना र दाहालले ८ आना जग्गा नगरपालिकालाई दान गरेका हुन् । सो ठाउँमा प्रति आना तीन लाख पर्ने जग्गा दान गरेको इलाम नगरपालिका वडा नं. ६ का अध्यक्ष माधवप्रसाद भट्टराईले बताए । बुधबारनै उनीहरुले जिल्ला मालपोत कार्यालयमा इलाम नगरपालिकालाई दान बकस पास गरिदिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार