लाप्चा बस्तीका ५७३ ले लिए सेवा

निःशुल्क स्वास्थ्य शिविर,

  सरलपाटी संवाददाता

 861 पटक हेरिएको


इलाम।इलाम नगरपालिकाले बुधबार इलाम नगरपालिका वडा नं. १० गोदकको लाप्चा बस्तीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
गोदकको नारायण प्राविमा आयोजित स्वास्थ्य शिविरमा पाँच सय ७३ जना सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएको इलाम नगरपालिकाकी स्वास्थ्य संयोजक रमन्ता पौडेलले बताइन् । यसरीनै तीन लाख पचास हजार बराबरको औषधि निःशुल्क रुपमा वितरण गरिएको पनि उनले बताइन् ।
शिविरमा ६४ जनाले स्त्री रोग सम्बन्धी परीक्षण गराएका थिए । जस मध्ये २९ जनाले पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका थिए । यसमध्ये एक जनामा क्यान्सर रोग पोजेटिभ देखिएको बताइएको छ । यसरीनै एक सय ५३ जनाले आँखाको परीक्षण गराएका थिए । यसमध्ये सात जनामा मोतिया विन्दू देखिएकाले शल्यक्रियाका लागि रेफर गरिएको थियो । शिविरमा एक सय ५३ जनाले दन्त रोग सम्बन्धी परीक्षण गराएका थिए । यसरीनै ८२ जनाले मधुमेहको परीक्षण गराएका थिए । जस मध्ये पाँच जनामा मधुमेह देखिएको बताइएको छ ।
शिविरमा स्त्री रोग विशेषज्ञ प्रभू साह, दन्त रोगका डा. मोना बस्नेत, सामान्य चिकित्सा तर्फ डा. दिपीका रिजाल र आँखा रोगका लागि डा. जेनिस चौधरीले सेवा दिएका थिए ।
इलाम नगरपालिका र औषधि व्यवसायी संघको सहयोगसमेत रहेको शिविरको उद्घाटन इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र जेष्ठ लाप्चाको स्वास्थ्य परीक्षण गरेर गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार