इलाम । साताको तेस्रो दिन सुनको भाउ बढेको छ ।
आइतबार तोलाको ७१ हजार ३०० रुपैयाँमा कारोवार भएको छापावाल सुन मंगलबार प्रतितोलामा २०० सय रुपैयाँले बढेर ७१ हजार ५०० रुपैयाँमा कारोेवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै, तेजावी सुन पनि २०० रुपैयाँले नै बढेर ७१ हजार २०० रुपैयाँमा आइपुगेको छ ।
यता, चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ८ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी मंगलबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।