इलाम नगरपालिकाको निर्णय, प्रमुख–उपप्रमुखको मृत्यु भएमा एक दिन सार्वजनिक विदा

इनपाकाे निर्णय

  सरलपाटी सम्वाददाता

 1063 पटक हेरिएको

इलाम ।

इलाम नगरपालिकाले बाहलवाला प्रमुख तथा उपप्रमुखको मृत्यु भएमा एक दिन विदा दिने निर्णय गरेको छ । नगरपालिकाले “इलाम नगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्यविधि, २०७६” स्वीकृत गरेको छ । त्यसमा प्रमुख तथा उपप्रमुख पदमा बाहल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिका अन्तर्गतका कार्याल र शैक्षिक संस्थाहरुमा एक दिन विदा गर्ने व्यवस्था गरेको छ । वडाध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यको पदमाबहाल रहेको अवस्थामा मृत्यु भएमा सम्बन्धित वडा कार्यालय वडामा रहेको शैक्षिक संस्थाहरुमा एक दिन शोक विदा दिने गरेको छ । तर बहालवाला पदाधिकारीहरुको स्वभाविक मृत्यु भएमा मात्र त्यस्तो शोक विदा दिने निर्णय गरेको छ । इलाम नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) ले दिएको अधिकारलाई प्रयोग गरेर कार्यविधि जारी गरेको हो ।
त्यस्तै इलामनगरपालिका क्षेत्रमा दिइने सार्वजनिक विदा सम्बन्धमा संघीय तथा प्रदेश सरकारले घोषणा गरेको विदा अतिरिक्त स्थानीय चाडपर्व महोत्सव आदिको अवसरमा वर्षमा छ दिनभन्दा नबढार्ई कार्यपालिकाबाट निर्णय गरी विदादिने कार्यविधिमा उल्लेख छ ।

कार्यपालिका बैठकले आउँदो पुष २ गते वडा नं. १० गोदकस्थित लेप्चा जातिको बसोबास रहेको क्षेत्रमानिःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । त्यस्तै यो वर्षपनि जनतासँग मेयर कार्यक्रमलाई निरन्तता दिने भएको छ । कार्यक्रम पुष ६ गतेदेखि १७ गतेसम्म १२ वटै वडामा सञ्चाल गरिने भएको छ ।

कार्यपालिका बैठकले नगर क्षेत्रका जेष्ठ दलितहरु (६० वर्षभन्दा माथिका) लाई पुष १ गतेदेखि लागू हुने गरि पारिवारिक स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० का क्रियाकलापहरु प्रवद्र्धन र आवश्यक प्रचार प्रसारका लागि नगर प्रमुख महेश बस्नेतको संयोजकत्वमा एक समितिको गठन गरेको छ । समितिको सदस्यहरुमा उप प्रमुख सुशीला नेम्वाङ्ग, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु, राष्ट्रिय मान्यताप्राप्त राजनैतिक दलका प्रतिनिधिहरु इलाम उद्योग वाणिज्य संघका अध्यक्ष, गैसस महासंघ इलामका अध्यक्ष, होटल व्यवसायी संघ इलाम इलामका अध्यक्ष, पर्यटन प्रवद्र्धन सरोकार समितिका अध्यक्ष, मेचीपर्यटन प्रवद्र्धन समितिका प्रतिनिधि, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष, पर्यटन प्रवद्र्धन समिति, नगर आदिवासीजनजाति समन्वय समितिका अध्यक्ष नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष, यातायात व्यवसायीहरुको तर्पmबाट गृष्म सुब्बा सदस्य र प्रमुख प्रशासकीयअधिकृत सदस्य सचिव रहने समति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार