
इलाम नगरपालिका नगरकार्यपालिकाको शुक्रबार नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बैठक बसी बिभिन्न निर्णयहरु गरेको छ । चाडपर्व तथा शोक बिदाहरुलाई स्थानीय स्तरमा व्यवस्थित गर्नका लागि कार्यविधि बनाई व्यवस्थित गर्नु वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) ले दिएको अधिकारलाई प्रयोग गरी “इलामनगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्यविधि, २०७६” स्वीकृत भएको छ ।
कार्यविधिमा नगर प्रमुख तथा उपप्रमुख पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा इलामनगरपालिका र नगरपालिका अन्तर्गत रहेका कार्यालयहरु तथा शैक्षिक संस्थाहरु १ दिन शोक बिदा दिइने छ । वडाध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यको पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा सम्बन्धित वडा कार्यालय वडामा रहेको शैक्षिक संस्थाहरुमा एक दिन शोक विदा दिने भएको छ । तर बहालवाला पदाधिकारीहरुको स्वभाविक मृत्यु भएमामा मात्र उक्त शोक विदा दिने ब्यवस्था रहेको छ ।
त्यस्तै इलाम नगरपालिका क्षेत्रमा दिइने सार्वजनिक विदा सम्बन्धमा संघीय तथा प्रदेश सरकारले घोषणा गरेको विदा अतिरिक्त स्थानीय चाडपर्व महोत्सव आदिको अवसरमा एक वर्षमा ६ दिनभन्दा नबढार्ई कार्यपालिकाबाट निर्णय गरी विदा दिने कार्यविधिमा उल्लेख छ ।
यसैगरी २०७६ पुष २ गतेका दिन इलामनगरपालिका वडा नं. १० गोदकस्थित लेप्चाजातिको बसोबास रहेको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
यस्तै गत आवमा सञ्चालित जनतासँग मेयर कार्यक्रमलाई यस आवमा समेत सञ्चालन गर्नुपर्ने भएको हुनाले २०७६ पुष ६ गतेदेखि १७ गतेसम्म इलामनगरपालिकाका १२ वटै वडामा सञ्चालन गर्ने भएको छ ।
शुक्रबारको बैठकले इलामनगर क्षेत्रका जेष्ठ दलितहरु (६० देखि ७० वर्ष भित्रको उमेर समूह) लाई २०७६ पुष १ गतेदेखि लागू हुने गरी पारिवारिक स्वास्थ्य बीमा गरिदिने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार नेपाल भ्रमण वर्ष २०२० का क्रियाकलापहरु प्रवद्र्धन र आवश्यक प्रचारप्रसारका लागि इलाम नगरपालिकामा नगर प्रमुख महेश बस्नेतको संयोजकत्वमा एक समितिको गठन गरिएको छ । समितिमा सदस्यहरु उपप्रमुख सुशीला नेम्वाङ्ग, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सबै, राष्ट्रिय मान्यताप्राप्त राजनैतिक दलका प्रतिनिधिहरु १÷१ जना, अध्यक्ष, उद्योग वाणिज्य संघ इलाम, अध्यक्ष, गैसस महासंघ इलाम, अध्यक्ष, होटल व्यवसायी संघ इलाम, अध्यक्ष, पर्यटन प्रवद्र्धन सरोकार समिति, अध्यक्ष, मेचीपर्यटन प्रवद्र्धन समिति, प्रतिनिधि, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धनविकास समिति, अध्यक्ष, पर्यटन प्रवद्र्धन समिति, इलाम नगरपालिका, अध्यक्ष, नगर आदिवासी जनजाति समन्वय समिति, इलाम नगरपालिका, अध्यक्ष, नेपालपत्रकार महासंघ इलाम, यातायात व्यवसायीहरुको तर्पmबाट गृष्म सुब्बा र सदस्य सचिव प्रमुख प्रशासकीयअधिकृत, इलाम नगरपालिकारहेका छन् ।
त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार अख्तियार दुरुपयोग अनुसन्धानआयोगको ६१ बुँदे सुझावमा, सुझाव प्राप्त हुन अघि पनि यस नगरपालिका अन्तर्गत पूर्वाधार विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहलगायतका कार्यहरु गर्दा प्रचलित कानुनसम्मत ढङ्गबाटै भइरहेको र आगामी दिनहरुमा समेत कानुनसम्मत ढङ्गबाटै कार्यहरु सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुझावहरुलाई कार्यान्वयन पक्षमा दृढताका साथ लागू गर्नेसमेत निर्णय भएको छ ।


480 पटक हेरिएको 






