पुवाखोलमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

उधाैली पर्व

  सरलपाटी संवाददाता

 1095 पटक हेरिएको

इलाम।उधौली पर्वको अवसरमा अल्छे ढुंगा साकेला परिवारले इलाम नगरपालिका वडा नं. ३ मा आयोजना गरेको मेन्स डबल ब्याटमिन्टन प्रतियोगिताको उपाधी रबि पाँचथरका अनिल बस्नेत र सुर्य राईले हात पारेका छन् ।
विब्ल्याँटेका राजन दाहाल र महेश श्रेष्ठ भने उपविजेता बनेका छन् । राजन र महेशको जोडीलाई सोझो सेटमा हराउँदै अनिल र सुर्यले उपाधी जितेका हुन् ।
यसरीनै बी टीमको प्रतियोगितामा रमेश चेम्जोङ्ग र अजित गुरुङ्गले उपाधी जितेका छन् । उनीहरुले राजु राई र विक्रम खालिङ्गलाई पराजित गरेका थिए ।
प्रतियोगिताका विजेता टीमलाई नगद १० हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो । उपविजेता टीमलाई नगद पाँच हजार ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई इलाम नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तीर्थ गुरुङ्ग, वडा नं. ५ का वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले पुरस्कार वितरण गरेका थिए ।
खेलसँगै उधौली पर्वको अवसरमा खेलमैदानको जग्गा निःशुल्क दिने जग्गा दातालाई सम्मान गरिएको थियो ।
सन्तोष रुङमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साकेला नृत्य र विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार