चुल्हाे चौकोमा सीमित महिला बने उद्यमी

महिलाले पाए सीप

  सुजता सुनुवार

 987 पटक हेरिएको

इलाम । तपाई के काम गर्नु हुन्छ ? ग्रामीण क्षेत्रका अधिकाशं महिलालाई सोध्ने हो भने उत्तर हुन्छ म गृहिणी । तर, काम सवैभन्दा बढि उनीहरुकै हुन्छ । काम जति गरेपनि घरभित्रकोे काम गरेको दाम पाइने होइन । बेरोजगार जस्तै, दाम नआउने तर कामले कहिल्यै नछाड्ने । घरको काम गर्छु भन्यो कमाई हात लाग्दैन । न काम छ भन्न सकिन्छ, न त काम गरेको कसैले देख्ने या हिसाव हुने । इलामको माई नगरपालिकाका १२ जना महिलालाई गृहिणी मात्रै भन्नु परेको छैन । घर धन्दा सकाएका छन्, बाहिर निस्किर काम गरेका छन् । थोर बहुत दाम पनि कमाएका छन् । उनीहरुलाई यस्तो बनाउन नगरपालिका सहयोग गरेको छ । नगरपालिका कार्यालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामको सहकार्यमा दिएको तालिम लिए । तालिम अनुसारको कामको लागि नगरपालिका अन्तर्गत वडा कार्यालयमा छुट्टिएको बजेट बीऊ पुँजीको रुपमा पाए । त्यसमा केही आफुले पनि लगानी गरेका छन् ।

ज्यालको लागि अरुको काममो रोजमा खटिनु परेको छैन । गरे आफ्नै कमाई, नगरे आफैलाई नोक्सान । उसैले मेहेनतले काम गरेका छन् । रोजका लागि साहु गुहार्नु परेको छैन । आफै उत्पादन गर्छन । उत्पादन स्थानीय बजारमै विक्छ । गरेको थुप्रै नयाँ होइन बजारमै पाउने दालमोठ बनाएको हो । पहिले गाउँकै बजारमा बाहिरबाट दालमोठ आउँथ्यो । अहिले उनीहरुलेनै बनाएको दालमोठले स्थानीय बजार धानिरहेको छ । ‘वडाले ७५ हजार रुपैयाँ छुट्याएको थियो, बाह्र जनाले तालिम लियौ । त्यही रकमलाई विऊपँुजी बनाएर लघु उद्योग सञ्चालन गरेर १२ जना महिला स्वरोजगार बनेका छौ’ माई नगरपालिका – १ दानाबारीकी कल्पना फागाले भनिन्,‘समुहमा आवद्ध केहीका श्रीमान् विदेशमा छन्, यहाँ हामीले पनि पैसा आउने काम गरिरहेका छौ ।’

नगरपालिकाले अघिल्लो आव २०७५÷०७६ को बजेटमा पाँच दिने दालमोठ–भुजिया बनाउने तालिम दिएको फागोले जानकारी दिइन् । ‘यही तालिमबाट सिकेको सीपले हार्मीलाई काम गर्ने ठाउँ भयो’, उनी भन्छिन्,‘घरेलुबाट पनि सहयोग पाएपछि झन सजिलो भयो ।’ ‘गाउँमा काम नहुनाले त्यसै घाम तापेर विताइन्थ्यो’, समुहमा आवद्ध अर्की उद्यमी इन्द्र कुमारी राईले भन्छिन्,‘अहिले यसै बस्नु परेको छैन, हामीले बनाएको दालमोठ–भुजिया भन्दा सबैले मन पराएकै छन् ।’ शुरुका दिनमा उनीहरुले पाँच केजी मैदाको दालमोठ बनाउने गरेका थिए । माग बढ्दै जाँदा १५ किलो मैदाबाट बनेको दालमोठ विक्न थाल्यो । गुणस्तरीय दालमोठ भुजिया उद्योगको उत्पादनकोे स्वाद चकिलो मान्नेको संख्या बढ्दै जाँदा उनीहरुले दिनकै २५ किलोसम्म मैदाको उत्पादन थन्क्याउनु परेको छैन । दालमोठको बजार विस्तार हुँदा सातामा दुई दिन मात्रै काम गर्नुपर्ने उनीहरुलाई सातैभरि खट्नुपर्ने बनायो । महिलाहरुले शुरु गरेको उद्योगमा फरक फरक तौलको प्याकेट तयार गर्छन् । एक केजीको प्याकेटलाई दुई सय रुपैँया, दुई सय ग्रामको प्याकेटलाई ३० रुपैयाँ, सय ग्रमको प्याकेटलाई २० रुपैयाँ र ५० ग्रामको प्याकेटलाई १० रुपैयाँ पर्छ

विदेशीका श्रीमान सम्पर्कमै आएनन्, घरेलु उद्योगले धान्यो जीवन

 


आर्थिक अभाव हुनु आम नेपालीको लागि सामान्य जस्तै हो । रोजगारीको लागि विदेशीनु पनि सामान्य नै हो । तर, कमाउन विदेशीका श्रीमान सम्पर्कमै आएनन् भने असमान्य हुन्छ, गृहिणीका लागि । दालमोठ भुजिया बनाउने उद्योग खोल्न तम्सिने महिलाहरुमा यस्तो पीडा पनि छ । समुहमा आवद्ध सवैको होइन । १२ जना महिला मध्ये केहीले यस्तो समस्या पनि ब्यहोरेका छन् । ‘श्रीमान २०७१ मा वैदेशीक रोजगारीको लागि विदेश जानुभयो, २०७३ सालदेखि सम्पर्क विहीन हुनुहुन्छ’,विगत सम्झदै फागो सुनाउछिन्,हाम्रो समुहका अरु पाँच जनाको श्रीमान विदेश गएका छन्, विदेश हिडेदेखी कतिले परिवारमा सम्पर्क गर्दैनन् ।

कमाउन विदेश गएका श्रीमानले विर्सिएपछि आफ्नो खर्च धान्नकै लागि भएपनि हामीलाई उद्यमी बनायो ।’ आफ्नो कमाईले सामान्य खर्च गर्न सकिएको छ । सवै आवश्यकता पुरा नभएपनि आधारभूत आवश्यकता पुरा भएका छन् । आवश्यकता पुरा हुनुभन्दा ठूलो समाजका अन्य मानिसहरुले हेर्ने दृष्टिकोण परिवतर्न भएको छ । ‘कमाइको पैसाले सवै गर्न नसकेपछि आफैले कमाउन थालेपछि गाउघरका मान्छेले गर्ने व्यहारपनि फरक पर्दो रहेछ’,फागो अनुभव साट्दै भावि अयोजना सुनाउछिन्,‘यही उद्योगलाई अझ व्यवस्थित गर्ने हो, राम्ररी काम गर्ने हो, यही कमाउने हो । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार