नेपालको नागरिकता ऐन, २०६३ को संशोधन विधेयक हाल संसदमा विचाराधिन छ । विधेयकका प्रावधानहरुप्रति विविध टीका टिप्पणी भईरहेका छन् । विधेयकमा समावेश हुनु पर्ने भनि नयाँ मागहरु पनि आईरहेका छन् । विधेयक कै सन्दर्भमा नागरिकतामा महिला अधिकारको चर्चा पनि प्रवल रुपले उठी रहेको छ । नागरिकता राष्टिूय पहिचान सहित आम नेपालीको सरोकारको विषय हुनाले जनस्तरको विचार अपरिहार्य हुन्छ । यसै सन्दर्भमा नेपालको नागरिकतामा महिला सम्वन्धी व्यवस्था,व्यवहारिक कार्यान्वयन , सुधारको सम्भावना र नयाँ मागहरुको सान्दर्भिकता वारेमा चर्चा आवश्यक भएको छ ।
नेपालको नागरिकतामा वावु नेपालको नागरिक हुने व्यक्ति वंशजको नागरिक हुने भनि वावु शव्दमात्र उल्लेख हुने व्यवस्था प्रजातन्त्र पूनर्वहाली पछि नेपाल अधिराज्यको संविधान २०४७ मा पनि कायम थियो । सो समयसम्म महिलाको स्थान वैवाहिक अंगिकृत नागरिकता व्यवस्थामा मात्र पाईन्थ्यो । लोकतन्त्र हुँदै वर्तमान अवस्थासम्म नागरिकतामा महिला सम्वन्धी व्यवस्थाहरु वृद्धि हुँदै आएका छन् ता पनि आम नागरिकमा पर्याप्त जानकारी नभएर नागरिकता विषय भेग महशुष भईरहेको छ । हाल वावु वा आमाको नामवाट नागरिकता प्रमाणपत्र लिन सक्ने, नेपालमा वसोवास गरेका वावु पहिचान हुन नसकेका नेपाली आमाका सन्तानले वावु विदेशी नठहरेसम्म वंशजको नागरिकता पाउने समेतका नागरिकतामा महिला सम्वन्धी निम्न व्यवस्था र कार्यान्वयन वुझ्न जरुरी छ ।
नागरिकता ऐन २०६३ र अन्तरिम संविधान २०६३ मा समेत व्यवस्था हुँदै आएको जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले वावु र आमादुवै नेपाली नागरिक रहेछन भने वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था वर्तमान संविधानको धारा ११ मा रहेको छ ।
वर्तमान संविधानको धारा ११ को उपधारा (५) मा नेपालको नागरिक आमावाट नेपालमा जन्म भई नेपालमा नै वसोवास गरेको र वावुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने तर वावु विदेशी नागरिक ठहरे नागरिकता अंगिकृतमा परिणत हुने व्यवस्था छ ।
नागरिकता ऐन २०६३ र अन्तरिम संविधान २०६३ मा समेत व्यवस्था हुँदै आएको जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले वावु र आमादुवै नेपाली नागरिक रहेछन भने वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था वर्तमान संविधानको धारा ११ मा रहेको छ ।
वर्तमान संविधानको धारा ११ को उपधारा (५) मा नेपालको नागरिक आमावाट नेपालमा जन्म भई नेपालमा नै वसोवास गरेको र वावुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने तर वावु विदेशी नागरिक ठहरे नागरिकता अंगिकृतमा परिणत हुने व्यवस्था छ । यो व्यवस्था वर्तमान संविधानवाट शुरु भएको हो ।
सविधानको धारा ११ को उपधारा ७ मा विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकवाट जन्मेका सन्तानका हकमा निज नेपालमा स्थायी वसोवास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने संघिय कानुन वमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने तर नागरिकता प्राप्त गर्दाका वखत निजका आमा र वावु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने प्रावधान रहेको छ । यो व्यवस्था पनि अन्तरिम संविधानको व्यवस्था भन्दा फराकिलो छ ।
संविधानको धारा १२ मा वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वावावुको नामवाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउँने व्यवस्था छ । यो व्यवस्था पनि वर्तमान संविधानवाट शुरु भएको हो ।
वर्तमान संविधानको धारा १४ को गैर आवासीय नेपाली नागरिकता व्यवस्थामा वावु र वाजे भन्ने शव्दहरु साथै आमा र वज्यै शव्दहरुको पनि शुरुवात भएको छ ।
नेपाली नागरिकसँग वैवाहिक सम्वन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा नेपालको अंगीकृत नागरिकता लिन सक्ने विगतदेखिको व्यवस्था हाल पनि कायम छ ।
उक्त व्यवस्थाहरु विगतको तुलनामा महिला मैतृ वन्दै आएका छन् तर कार्यान्वयनले पूर्णता पाएकोे छैन ।
नेपालको नागरिक आमावाट नेपालमा जन्म भई नेपालमा नै वसोवास गरेको वावुकोे पहिचान हुन नसकेका व्यक्तिले वंशजको नागरिकता सहज प्राप्त गर्न नसकेर कतिपय नेपाली नै नागरिकतावाट वंचित भईरहेको गुनासो पटक पटक सुनिने र देखिने गरेका छन् ।
नागरिकता प्रमाणपत्रमा वावु आमा दुवैको नाम लेख्ने महल पनि रहन्छ तर वावुको नाम लेखिन्छ र आमाको महल खाली राखिन्छ । नागरिकता प्रमाणपत्रमा वावु आमादुवैको नाम लेख्दा मात्र उक्त व्यवस्थाको सही कार्यान्वयन हुन्छ, नत्र वावु आमा दुवै नेपाली नागरिक हुनु पर्ने भनि संविधानमा उल्लेख भएको आमा शव्दको अर्थ हुँदैन । वास्तवमा यो प्रक्रिया कानुन विरुद्ध कार्यान्वयनमा भईरहेको विभेद हो । सन्तानको नागरिकतामा वावु आमा दुवैको नाम लेख्दा वंशमा फरक पर्ने वा कुनै विकृति विसंगती आउने सम्भावना हुँदैन । नागरिकतामा वावु आमा दुवैको नाम उल्लेख हुनु पर्ने चाहना नागरिकता लिने र दिने अधिकांशमा रहेको पाईन्छ । कतिपयले आमावावु दुवैको नाम नागरिकतामा समावेश गर्नकै लागि आमाको नामवाट नागरिकता प्रमाण पत्र लिने गरेका छन् । आमाको नामवाट प्राप्त गर्ने नागरिकतामा आमा नाम साथै वंश पहिचानका लागि वावुको नाम पनि अनिवार्य लेखिन्छ ।
नागरिकताको आधार मानिने सन्तानको जन्मदर्तामा वावु आमा दुवैको नाम लेखिन्छ । वर्तमान संविधानको धारा ११ मा पनि वंशजको नागरिकता प्राप्त गर्न वावु र आमा दुवै नेपाली नागरिक हुनु पर्ने उल्लेख छ । वावु आमा नेपाली हुनु पर्ने उल्लेख भएपछि आमा नेपाली नागरिक देखाउन पनि सन्तानको सवै नागरिकतामा वावु आमा दुवैको नाम अनिवार्य लेखिनु पर्ने हो । नागरिकता प्रमाणपत्रमा वावु आमा दुवैको नाम लेख्ने महल पनि रहन्छ तर वावुको नाम लेखिन्छ र आमाको महल खाली राखिन्छ । नागरिकता प्रमाणपत्रमा वावु आमादुवैको नाम लेख्दा मात्र उक्त व्यवस्थाको सही कार्यान्वयन हुन्छ, नत्र वावु आमा दुवै नेपाली नागरिक हुनु पर्ने भनि संविधानमा उल्लेख भएको आमा शव्दको अर्थ हुँदैन । वास्तवमा यो प्रक्रिया कानुन विरुद्ध कार्यान्वयनमा भईरहेको विभेद हो । सन्तानको नागरिकतामा वावु आमा दुवैको नाम लेख्दा वंशमा फरक पर्ने वा कुनै विकृति विसंगती आउने सम्भावना हुँदैन । नागरिकतामा वावु आमा दुवैको नाम उल्लेख हुनु पर्ने चाहना नागरिकता लिने र दिने अधिकांशमा रहेको पाईन्छ । कतिपयले आमावावु दुवैको नाम नागरिकतामा समावेश गर्नकै लागि आमाको नामवाट नागरिकता प्रमाण पत्र लिने गरेका छन् । आमाको नामवाट प्राप्त गर्ने नागरिकतामा आमा नाम साथै वंश पहिचानका लागि वावुको नाम पनि अनिवार्य लेखिन्छ । संवैधानिक अधिकार र जनचाहना समेत रहेको वंशजको नागरिकता प्रमाणपत्रमा वावु साथै आमाको नाम उल्लेख गर्ने कार्य तत्काल कार्यान्वयन गरिनु पर्दछ । नागरिकतामा आमाको नाम लेख्ने महल खाली रहनु हुदैन ।
नागरिकता विधेयक संशोधनकै समयमा निसर्त आमाको नामवाट सन्तानलाई नागरिकता हुनु पर्ने,आफ्नो गर्भवाट जन्माएको सन्तानलाई नागरिकता दिन लोग्ने पुष्ट्याई गर्नु नपर्ने, हाल सम्म वावुको नामवाट नागरिकता हुँदै आएकोमा अव आमाको नामवाटमात्र हुनु पर्ने भन्ने जस्ता मागहरु पनि आईरहेका छन् । यस सम्वन्धमा नागरिकता ऐन संशोधन विधेयक संविधान संशोधनका लागि नभएर नागरिकता ऐन संशोधनको लागि हो । संविधान मिचेर ऐन निर्माण गर्ने अधिकार संसदलाई नभएको हुँदा सम्वन्धित विधेयकको वारेमा चर्चा गर्दा वर्तमान संविधानका व्यवस्थाहरुमा सिमित हुनु पर्ने हुन्छ । उक्त नयाँ मागहरु वर्तमान संविधान सम्मत नभएको हुँदा यस्ता विषयले प्रवेश पाउने अवस्था हुँदैन ता पनि सुन्न र मनन गर्न विर्सनु हुँदैन । 
नेपालमा पुरुषवाट हुँदै आएको वंश निर्धारणको विषय संवेदनशिल, भेग र व्यापक रहेको छ । वंशको आधारमा सन्तानको नागरिकता वन्दछ । सामाजिक तथा पारिवारिक संरचना पनि वंशकै आधारमा व्यवस्थित छ । नाम थर, परिचय,ठेगाना, जातजाती, संस्कार,संस्कृति, सामाजिक व्यवहार र अधिकार संचालन वंशमै सिमित छ भने पारिवारीक संरक्षण र दायित्व पनि वंशवाटै वहन हुन्छ । सारांशमा समग्र संरचना नै वंशको आधारमा निर्धारित र निर्देशित छ ।
हाल वंशमा महिला प्रधानताको लागि आएका आवाजहरु एक पक्षिय पनि देखिएका छन् । वावु आमा दुवैको सहभागितावाट सन्तानको जन्म हुने जैविक सत्यसँग एक पक्षिय विषय निर्विरोध हुन सक्दैन । नेपालमा वंशजमा महिला पुरुषको समान हैसियतको लागि पनि व्यापक वहस,गहिरो मन्थन,आम छलफल र सवैको सहमत हुन जरुरी छ ।
नागरिकको दैनिक जन जिवन र सारा संरचना प्रभावित हुने विषयमा शहरका दुई चार महिला र एक दुई नेताको विचारमात्र पर्याप्त हुँदैन । शहर लगायत गाउँ बेंसीका मानिसहरुले कुरा वुझेर विचार व्यक्त गर्न पाउनु पर्दछ । विषयको गम्भीरतालाई ख्याल नगरी आम समुदायमा छलफल नगरी नयाँ व्यवस्थातिर जाने हो भने नसोचेको पिडादायक परिणाम नआउला भन्न सकिन्न । यस्ता विषयमा सदैव संवेदनशिल रहनु जरुरी छ ।
अन्त्यमा नागरिकतामा महिला व्यवस्था सम्वन्धमा संविधानमा भएको सन्तानको नागरिकतामा वावु साथै आमाको नाम उल्लेख गर्ने कार्यलाई अनिवार्य गर्न सके पहिचानको माग केहि संवोधन हुन सक्नेछ ।


630 पटक हेरिएको 






