वाउ ! यस्तो पो त कला (फोटो फिचर सहित)

मनै लोभ्याउने हस्तकला–चित्रकला प्रदर्शनी

  सुजता सुनुवार

 1267 पटक हेरिएको


इलाम । इलामको जिल्ला समन्वय समितिमा भएको चित्रकला प्रदर्शनीमा राखिएका हस्तकलाका सामग्रीले जो कोहिलाई मोहित बनाउथ्यो । पुग्ने वित्तिकै सवैको मुखबाट ‘वाउ ! कस्तो राम्रो’ ! शब्द निस्किन्थ्यो । इलाममा गरिएको २ दिने एकल चित्रकला तथा हस्तकला प्रदर्शनीमा सहभागी अधिकांशलेलाई चित्रकला र हस्तकलाले निकै आकर्षित गरेको थियो । बाहिर खासै प्रचार नगरिएको प्रदर्शनीको पहिलो दिननै करिव चार सय जनाले अवलोकन गरेका छन् । चित्रकला र हस्तकलाका सामान बनाउने सन्दकपुर गाउँपालिका–१ की विद्यार्थी सलिना राईको सामाजिक सञ्जालमा तारिफ बाक्लै भेटिन्छ ।


जिल्लाको इलाम नगरपालिकास्थित जिल्ला सम्वनय समिति इलामको सभाहलमा गरिएको प्रदर्शनीमा चित्रकला र हस्तकलाका ८७ प्रकारका कलालाई प्रदर्शनी गरिएको थियो । जसमध्ये ७५ प्रकारका हेण्डिग्राफ्ट र १२ वटा चित्रहरु राखिएका छन् । इलाम नगरपालिका साहित्य कला प्रतिष्ठान इलामको सहयोगमा एकल प्रदर्शनी गरिएको हो ।


प्रदर्शनीले आफूलाई चिनिन सहयोग गरेको उनी बताउँछिन् । ‘चित्र बनाउनको लागि धेरै जनाले अनुरोध गर्नुभएको छ’, उनले भिनन्, ‘प्रदर्शनीले मलाई थप चिनिने मौका भयो ।’ प्रदर्शनीमा राखिएका चित्रकला तथा हस्तकलाका सामान बनाउन तीन महिना लागेको उनले बताइन् ।

ती सामाग्री बनाउन करिव ७० हजार रुपैयाँ लगानी भएको छ । दुई दिने प्रर्दशनीमा राखिएका सामाग्री शनिबार दिउँसोबाट विक्री गरिने उनले जानकारी दिइन् । हस्तकला र चित्रकलाका बस्तुको मुल्य दुई सय रुपैयाँदेखि बाह्रसय रुपैयाँ सम्म राखिएका छन् ।


सलिना महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा स्नातक तहमा अध्ययन गर्छिन् । एक कुशल चित्रकार बन्ने सपना साकार गर्न उनले परीक्षाका समयमा समेत यस्ता सामाग्री बनाएको सुनाइन । गएको छ वर्षयता उनी हस्तकला र चित्रकलाका सामान बनाउँछिन् ।


प्रदर्शनीमा प्रदेश सांसदहरु राम राना, काजीमान कागते, धिरेन्द्र शर्मा रमण, मरब क्याम्पसका र समता बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले अवलोकन गरेका छन् । नगर साहित्य प्रतिष्ठनकी अध्यक्ष टिका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिका प्रमुख महेश बस्नेतले प्रदर्शनीको उद्घाटन गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार