नेपाली भूभागमा भारतले राखेको बोर्ड विद्यार्थीले हटाए

सीमा अतिक्रमणको विरोध

  सरलपाटी संवाददाता

 2885 पटक हेरिएको


इलाम।भारतले नेपाली भूभागहरुलाई आफ्नो नक्शामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियू इलामले शनिबार सन्दकपुरमा प्रदर्शन गरेको छ ।
प्रदर्शनको क्रममा विद्यार्थीहरुले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमामा पर्ने नेपाली भूभागमा फोटो खिच्न तथा  निषेधित क्षेत्र लेखेको बोर्ड उखालेर फ्याकेका छन् । एसएसबीले सन्दुकपुरको सबैभन्दा अग्लो भूभागमा जाने बाटोमा उक्त बोर्ड राखेको थियो ।


यसरीनै विद्यार्थीहरुले भारत विरोधी नारा जुलुस गर्दै नेपाली झण्डा गााँडेका छन् । प्रदर्शनको क्रममा एसएसबीसँग सामान्य धडपसमेत भएको विद्यार्थी नेता दिनेश ढकालले जानकारी दिए । गत वर्ष सन्दकपुर गाउँपालिकाले सन्दकपुरकै आहालटारमा निर्माण थालेको भ्यूटावरमा एसएसबीले हस्तक्षेप गर्दै निर्माण कार्य रोकेको थियो । सो स्थानमा पनि विद्यार्थीहरुले नारा जुलुससहित नेपाली झण्डा फहराएका छन् ।

तस्बीरहरूः रबिन्द्र सुवेदीकाे फेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार