
इलाम। सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालित दोस्रो इलाम नगरपालिका वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि वडा नं. २ र ९ भिड्ने भएका छन् ।
बुधबार भएको सेमीफाइनलमा वडा नं. ५ बरबोटेलाई हराउँदै वडा नं. २ फाइनलमा प्रवेश गरेको हो । यसरीनै अर्को सेमीफाइनलमा वडा नं. ११ लाई हराउँदै वडा नं. ९ उपधीको दाबेदार बनेको हो ।
वडा नं. २ र ९ शुक्रबार उपाधीका लागि भीड्ने छन् ।
वडा नं. ५ र २ को खेलमा टाइब्रेकर भएको थियो । टाइब्रेकरमा वडा नं. २ ले ५ गोल गरेको थियो । वडा नं. ५ को एउटा गोल वडा नं. २ का गोलकिपरले बचाएको थियो ।
खेलको शुरुवाती समयमा वडा नं. २ का खेलाडी छुल्टिम तामाङले पहिलो गोल गरेका थिए । त्यसपछि वडा नं. ५ का खेलाडी दिवश राईले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । खेलको दोस्रो हाफमा पुनः वडा नं.२ का खेलाडी छुल्टिम तामाङले अर्को गोल थपेर आफ्नो टीमलाई अग्रता दिलाएका थिए । खेल सकिनु १० मिनेट बाँकी रहँदा वडा नं. ५ का खेलाडी दिपेश राईले गोल गरेका थिए । निर्धारित समयमा २)२ गोल भएपछि टाइब्रेकर गराएको थियो ।
बुधबारनै भएको अर्को सेमीफाइनल खेलमा वडा नं. ११ लाई १)० गोलको अन्तरले हराउँदै वडा नं. ९ फाइनलमा पुगेको हो । वडा नं. ९ का खेलाडी किस्मत लिम्बूले एक मात्र निर्णयक गोल गरेका थिए ।
दुई सेमी फाइनलमा वडा नं. ९ का सुशान्त केसी र वडा नं. २ का अर्जुन गुरुङ म्यान अफ दी म्याच घोषित भएका थिए ।
इलाम नगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने आयोजक समितिका सचिव गणेश खतिवडाले बताए ।


955 पटक हेरिएको 






