इलाम नगरपालिका वडा नं. ५ र ९ सेमिफाइनलमा

वडास्तरीय फुटबल प्रतियोगिता

  सरलपाटी संवाददाता

 1155 पटक हेरिएको

इलाम। इलाम नगरपालिका वडा नं. ५ र ९ सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालित दोस्रो इलाम नगरपालिका वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा ३–० गोलको अन्तरले वडा नं. ६ लाई हराउँदै वडा नं. ५ बरबोटे प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो । वडा नं. ५ बरबोटेको तर्फबाट पहिलो गोल पिकेश लोक्तामले गरेका थिए भने दोस्रो गोल दिपेश राईले गरेका थिए । तेस्रो गोल भने टीम कप्तान दिवश राईले गर्दै फराकिलो जीत दर्ता गराएका थिए । वडा नं. १० लाई हराउँदै क्वाटर फाइनलको यात्रा तय गरेको वडा नं. ६ को तर्फबाट भने गोल हुन सकेन । पहिलो खेलको म्यान अफ द म्याच दिवश राई घोषित भएका थिए ।
सोमबारनै सम्पन्न दोस्रो खेलमा वडा नं. ९ ले १–० गोल अन्तरले वडा नं. ७ लाई हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । खेल अवधिमा एक मात्र गोल वडा नं. ९ का नारायण कार्कीले गरेका थिए । खेलको म्यान अफ द म्याच हरी सिटौला घोषित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार