नेम्बाङ्गको सांसद विकास कोषको रकम बाँडफाँड

  सरलपाटी संवाददाता

 1619 पटक हेरिएको

 

 

 

 

 

 

 

 

 

 

 

इलाम। संविधानसभाका अध्यक्ष तथा इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङ्गको स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम अन्तर्गतको बजेट बाँडफाड गरिएको छ ।
जिल्ला समन्वय समितिमा विहीबार बसेको समितिको बैंठकले तल्लो तहबाट आएको मागको आधारमा बजेट विनियोजन गरिएको हो ।
सांसद विकास कोष अन्तर्गतको छ करोडबाट इलाम नगरपालिकामा एक करोड ५० लाख बराबरको ३ वटा योजनामा रकम विनियोजन गरिएको छ । इलाम नगरभित्रको सेतीदेवी मार्ग फटुक सडक स्तरोन्नती वडा नं. ६ का लागि ७० लाख, भगवती मावि सडक कालोपत्रे ५० लाख, चुम्लुङहीम सामुदायिक भवन निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसरीनै देउमाई नगरपालिकामा एक करोड २५ लाख बराबरको छ वटा योजनाहरुमा बजेट विनियोजन गरिएको छ । देउमाई नगरपालिका वडा नं. ८ को सामुदायिक भवनलाई ५० लाख, ठूलो चौरी राना चौक फुटुक ओजेले सडकमा ३० लाख, बाघखोर चमैता फलाँटे सडकमा २५ लाख, पालसेङ डुप्लिलिङ गुम्बा निर्माणमा २० लाख र सिद्धिथुम्का नाम्थला फूलबारी हाङवाङ सडकमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
माइ नगरपालिकाको लालखोला देखि लक्ष्मी बाध् मोटर बाटो स्तरउन्नतीका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसरीनै चुलाचुली गाउँपालिकामा ९० लाख बराबरको पाँच वटा योजना छनौट गरिएको छ । आसेटार फुङनाम दशमी सडक स्तरोन्नतीमा ५० लाख, रतुवा झोलुङ्गे पुलदेखि रङ्गशालासम्म ग्राभेल गर्नका लागि १० लाख, देउराली चपेटे कृषि मार्ग स्तरोन्नती १० लाख, चाँजो खोला एकलब्य चोक हुँदै मंगलसिद्धिसम्म ग्राभेल गर्नका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
फाकफोक थुमका पाँच योजनाहरुका लागि एक करोड विनियोजन गरिएको छ । जसमा पाथीभर रङ्गशाला निर्माणका लागि ५० लाख, लुम्दे जालपा कैदले थावाखोला सिंहदेवी फूएतप्पा सडक स्तरोन्नतीका लागि १५ लाख, ज्योति आधारभूत विद्यालय खेलमैदान १५ लाख, दोकान डाँडा सिकलाप्पा कोलबोटे सल्लेरी सडकका लागि १० लाख र धाम सिमसार पर्यटन प्रवद्र्धन तथा संरक्षण कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसरीनै माङसेबुङ गाउँपालिकाका पाँच वटा योजनाहरुमा ९०) लाख रुपैयाँ विनियोजन गरिएको छ । विद्युत विस्तारका लागि ५० लाख, पवित्रा हाङ्मा कृषि सडकका लागि १० लाख, मर्चेबुङ सिमलटार सडक स्तरोन्नतीका लागि १० लाख, सदामखोप तोभाङ्ग सडक स्तरोन्नतीका लागि १० लाख र सेमीचोङ सामुदायिक भवन निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार