खाडी मुलुकका दुई राजदुत सन्दकपुरमा


पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित नेपालका लागि साउदी अरबका राजदुत र संयुक्त अरब इमिरेट (युएई) का राजदुतलाई सन्दकपुर गाउँपालिकाले स्वागत गर्दै इलामको सबैभन्दा अग्लो स्थान सन्दकपुर भ्रमण गराएको छ ।
सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले दुई खाडी मुलुकका राजदुतसहित पूर्व प्रधानमन्त्रीलाई पर्यटकीय स्थल सन्दकपुर भ्रमण गराएको नगरपालिका अध्यक्ष उदय राईले बताए । टोलीमा पूर्व प्रधानमन्त्री खनाल, साउदी अरबका राजदुत मुसाइद सुलेमान र युएईका राजदुत साइद एचएम रहेका छन् । उनीहरुलाई शुक्रबार बेलुकी सन्दकपुरको सनराईज होटलमा राखेर शनिबार विहान सुर्योदयको दृष्यावलोकन गराएर इलाम तर्फ फर्काइने गाउँपालिकाले जनाएको छ ।
शुक्रबार दिउँसो सन्दकपुर नगरपालिका आइपुगेका उनीहरुलाई गाउँपालिकाका अध्यक्ष उदय राई, वडाध्यक्ष, सदस्य, कर्मचारी र स्थानीयबासीले भब्य स्वागत गरेका थिए । स्वागतको क्रममा गाउँपालिका अध्यक्ष उदय राईले पूर्व प्रधानमन्त्री खनालसहित राजदुतहरुलाई गाउँपालिकाको पूर्वाधार विकासका लागि १२ बूँदे माग पत्र पेश गरेका थिए । माग पत्र माथि आप्mनो ध्यानाकर्षण भएको पूर्व प्रधानमन्त्री खनालले बताए । यसरीनै राजदुत द्वयले पनि गाउँपालिकाको विकासमा आफूहरु सहयोग गर्न इच्छुक रहेको बताएका छन् ।
सन्दकपुर जाने क्रममा जसबीरेमा स्थानीयले पूर्व प्रधानमन्त्री खनाल र राजदुत द्वयलाई स्वागत गर्दै अग्र्यानिक चिया चखाएका थिए ।
पूर्वप्रधानमन्त्री खनाल र राजदुतहरु ल्याण्डरोभरको यात्राबाट सन्दकपुर गएका हुन् ।

मुलुक नव निर्माणको युगमा–खनाल
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले मुलुक नव निर्माणको युगमा प्रवेश गरेको बताएका छन् ।
खाडी मुलुकका दुई राजदुतसहित शुक्रबार सन्दकपुर गाउँपालिका पुगेका पूर्वप्रधानमन्त्री खनालले राजनीतिक संघर्ष र द्वन्द्वको युग समाप्त भएकाले दुई तिहाईको बहुमतको सरकार मुलुक निर्माणमा लागेको बताएका छन् ।
वर्तमान सरकार संविधान कार्यान्वयन गर्ने पहिलो सरकार भएकाले पहिलो वर्ष संविधान कार्यान्वयनमा समय दिएको र अबको समय मुलुक निर्माणमा दिने पनि उनले बताए ।
उनले चीन र भारतसँगको सम्बन्ध सुधारमा पनि महत्वपूर्ण काम सरकारले गरेको पनि उनले बताए । ‘अहिले चीन र भारतसँगको सुमधुर सम्बन्धको विकास भएको छ, केही समस्याहरु अझैं छन् तर त्यसलाई वार्ताबाट समाधान गर्ने वातावरण बनेको छ’ खनालले भने, ‘चीन र भारतसँगको सुमधुर सम्बन्धलाई कायम राख्नु र तेल आयतलाई सहज बनाउनु महत्वपूर्ण उपलब्धी हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार