के हुन्छ त मिडिया हब र जिग्री–पाँडे विवाद ?

किन विवादमा सधै मिडिया हब

नेपालमा पछिल्लो समय प्रतिलिपि अधिकारसम्बन्धी विवाद निकै बढेको छ । खासगरी चलचित्र र संगीतमा एकपछि अर्को स्क्यान्डलह बाहिर आइरहेका छन् । केही समय अगाडि पुराना निर्देशक शम्भु प्रधानले चलचित्र ‘कृ’ का निर्माता सुवास गिरी र भुवन केसीविरुद्ध आफ्नो सिर्जना चोरी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरे । प्रहरीले गिरीलाई पक्राउ गरेर एक रात हिरासतमा समेत राख्यो ।
प्रधानले आफ्नो पुरानो चलचित्र ‘सम्झना’को एउटा गीत आफ्नो अनुमतिबिना ‘रिमिक्स’ गरेर ‘कृ’ मा समावेश गरिएको आरोप लगाएका थिए । उनको आरोपमा सत्यताको अंश थियो ।

‘उकालीमा अघिअघि’ बोलको गीतका दुई लाइन ‘कृ’ को गीतमा प्रयोग गरिएको थियो । गीतका स्रष्टा रञ्जित गजमेरले समेत साथ दिएपछि प्रधानको दाबी बलियो बन्यो ।
अन्ततः प्रहरीको रोहवरमा ११ लाख रुपैयाँको लेनदेन गरी विवाद सल्टाइयो । सो गीत यूट्यूवबाट हटाइयो । पुरानो गीतको दुई पंक्ति नयाँ फिल्ममा प्रयोग गर्दा प्रधानलाई कुनै आर्थिक क्षति पक्कै भएको थिएन ।

‘उकालीमा अघिअघि’ बोलको गीतका दुई लाइन ‘कृ’ को गीतमा प्रयोग गरिएको थियो । गीतका स्रष्टा रञ्जित गजमेरले समेत साथ दिएपछि प्रधानको दाबी बलियो बन्यो ।

अन्ततः प्रहरीको रोहवरमा ११ लाख रुपैयाँको लेनदेन गरी विवाद सल्टाइयो । सो गीत यूट्यूवबाट हटाइयो । पुरानो गीतको दुई पंक्ति नयाँ फिल्ममा प्रयोग गर्दा प्रधानलाई कुनै आर्थिक क्षति पक्कै भएको थिएन । फेरि उनले सो फिल्मको डिजिटल राइट्स पहिल्यै बेचिसकेका छन् । तर, पनि कानूनमा उनी माथि देखिए । गिरीले विवाद लम्ब्याउन चाहेनन् र ठूलो रकम सोधभर्ना गर्न तयार भए ।

गिरीले विवाद लम्ब्याउन चाहेनन् र ठूलो रकम सोधभर्ना गर्न तयार भए ।
अर्को विवाद सतहमा आयो, गीतकार–संगीतकार वसन्त थापा र नेपाल आइडल विजेता रवि ओडबीच । रविले स्टेजमा आफ्नो गीत बिगारेर गाएको भन्दै थापाले सार्वजनिक रुपमा आलोचना गरेका थिए । यससँगै कुनै स्रष्टाको गीतलाई नयाँ गायक–गायिकाले स्टेजमा गाउँदा कपिराइट कानुन आकर्षित हुन्छ कि हुँदैन भन्ने विवाद उत्पन्न भएको थियो ।

अर्को विवाद सतहमा आयो, गीतकार–संगीतकार वसन्त थापा र नेपाल आइडल विजेता रवि ओडबीच । रविले स्टेजमा आफ्नो गीत बिगारेर गाएको भन्दै थापाले सार्वजनिक रुपमा आलोचना गरेका थिए । यससँगै कुनै स्रष्टाको गीतलाई नयाँ गायक–गायिकाले स्टेजमा गाउँदा कपिराइट कानुन आकर्षित हुन्छ कि हुँदैन भन्ने विवाद उत्पन्न भएको थियो ।
वसन्त थापाले फेसबुकमा आफ्नो असन्तुष्टि व्यक्त गरे पनि कानुनी उपचारमा गएनन् । सामाजिक सञ्जालको माहोल पनि उनको पक्षमा भएन । तर, यदि मुद्दा–मामलामा जानु परेको भए रवि ओड संकटमा पर्न सक्थे, किनकि कपिराइट कानुन अनुसार कुनै स्रष्टाले गाएको गीत निजको अनुमति बेगर व्यवसायिक प्रयोजनका लागि अरु कसैले गाउन पाउँदैन । यही कानुनले गर्दा अहिले टीभी रियालिटी शोहरुमा गाइने गीतका लागि पनि सम्बन्धित स्रष्टालाई रोयल्टी दिन थालिएको छ ।
धेरैको मानसपटलमा ताजा रहेको विवादचाहिँ अर्को चर्चित लोकगीत ‘पछ्यौरी च्यातियो’ को हो । प्रकाश सपुतले गाएको यो गीतको सानो अंशको लय आफ्नो पुरानो देउसी गीतसँग मिलेको दावी पुराना गायक शम्भु राईले गरेका थिए ।
यद्यपि, संगीत बुझेका धेरैले उनको दाबीलाई साथ दिएनन् । लोकलयहरुमा कसैको कपिराइट नलाग्ने तर्क एकातर्फ थियो भने सानो अंश मिल्नु संयोग मात्र पनि हुन सक्थ्यो । गायक सपुतले त आफूले योभन्दा अगाडि राईको गीत सुन्दै नसुनेको समेत बताएका थिए । तर, विवाद झांगिदै गएपछि सपुत लचिलो हुन बाध्य भए । गीतको यूट्यूव भिडियोमा राईलाई पनि क्रेडिट दिने सहमति भयो । तर, अनौपचारिक कुराकानीमा प्रकाश सपुत यो सहमति आफ्नो गल्तीका कारण नभई बाध्यतावस गर्नुपरेको गुनासो गर्छन् । यसमा गायक राइले पनि कुनै आर्थिक सोधभर्नाको दाबी नगरेर लचकता देखाएका थिए ।

अब पछिल्लो विवादबारे चर्चा गरौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ को निर्माण समूहले कपिराइट उल्लंघन गरेको भन्दै मिडिया हब नामक कम्पनीले प्रहरीमा उजुरी दिएको छ । ‘सक्किगोनी’ का पात्रहरु आफूले निर्माण गरेको भद्रगोलबाट अनाधिकृतरुपमा लगिएको उसको दाबी छ ।

अब पछिल्लो विवादबारे चर्चा गरौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ को निर्माण समूहले कपिराइट उल्लंघन गरेको भन्दै मिडिया हब नामक कम्पनीले प्रहरीमा उजुरी दिएको छ । ‘सक्किगोनी’ का पात्रहरु आफूले निर्माण गरेको भद्रगोलबाट अनाधिकृतरुपमा लगिएको उसको दाबी छ ।
लामो समयदेखि टेलिश्रृंखला उत्पादन र प्रसारण गर्दै आएको एजेन्सी हो, मिडिया हब । यसले आफ्नो खर्चमा खासगरी हास्यप्रधान टेलिश्रृंखला निर्माण गरेर नेपाल टेलिभिजनको समय खरिद गरी प्रशारण गर्छ । नेपालमा धेरैजसो चर्चित हास्यकलाकार मिडिया हबका टेलिश्रृंखलाबाटै उदाएका र स्थापित भएका हुन् ।
दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, केदार घिमिरे ‘माग्ने बुढा’लगायत हास्य कलाकार आज जुन स्थानमा छन्, त्यसमा मिडिया हबले लगाएको गुन उनीहरुले भुल्न सक्दैनन् ।
यद्यपि, मिडिया हबले निर्माण गरेका टेलिश्रृंखलामा कलाकारलाई पैसा नदिएर श्रम शोषण गरेका विवाद बारम्बार आउने गरेका छन् । आर्थिक कारणले नै ‘तीतो सत्य’ बन्द भयो । यसैगरी, जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोल लगायत टेलिश्रृंखला पनि बन्द हुँदै, फेरि चल्दै आएका छन् । एउटा टिमलाई उधारो काम गराउँदै जाने, अनि सो टिमले पैसाका लागि ताकेता गरेपछि त्यसलाई छोड्न वाध्य पारेर नयाँ टिम निर्माण गर्ने मिडिया हबको रणनीति देखिन्छ । धेरै हास्यकलाकारहरुले मिडिया हबसँग लाखौं पैसा लिन बाँकी रहेको बताउने गरेका छन् ।
यही र टेलिश्रृंखला ‘भद्रगोल’ मा पनि लागू भयो । भद्रगोल परिकल्पनादेखि नै यसमा संलग्न अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को टिमसँग आर्थिक व्यवस्थापनलाई लिएर बारम्बार विवाद उत्पन्न भइरह्यो । यही विवादले प्रशारण अवरुद्ध हुने र फेरि सुचारु हुने क्रम पनि चलिरह्यो ।

मिडिया हब र जेपिटी (जिग्री पाँडे टिम) क्रियसन बीच भएको पछिल्लो सम्झौताको म्याद गत असार मसान्तमा सकिएको थियो । तर, विभिन्न विषयमा कुरा नमिल्दा सम्झौता नविकरण हुन सकेन । अन्ततः जिग्री पाँडेको समुह भद्रगोलबाट अलग्गियो ।
भद्रगोलको नाम, परिवेश, पात्र, विषयवस्तु सबै जिग्री र पाँडेको परिकल्पना हो । 

मिडिया हब र जेपिटी (जिग्री पाँडे टिम) क्रियसन बीच भएको पछिल्लो सम्झौताको म्याद गत असार मसान्तमा सकिएको थियो । तर, विभिन्न विषयमा कुरा नमिल्दा सम्झौता नविकरण हुन सकेन । अन्ततः जिग्री पाँडेको समुह भद्रगोलबाट अलग्गियो ।
भद्रगोलको नाम, परिवेश, पात्र, विषयवस्तु सबै जिग्री र पाँडेको परिकल्पना हो । तर, कानूनीरुपमा भद्रगोलको प्रतिलिपि अधिकार मिडिया हबले आफ्नो नाममा ल्याइसकेको थियो । टेलिश्रृंखला निर्माणमा लगानी रहेको हिसाबले उसले भद्रगोल ब्रान्डमा कपिराइट दावी गर्नुलाई अस्वभाविक लिन पनि मिल्दैन । यसलाई अर्को पक्षले विवादको विषय बनाएन ।
तर, अहिले आएर मिडिया हबले ‘क्यारेक्टर’ हरुमाथि पनि दावी गरेको छ । भद्रगोलका प्रमुख पात्रहरु ‘सक्किगोनी’ मा लगिएको भन्दै उसले प्रहरीमा उजुरी गरेपछि तरंग उब्जिएको छ र कपिराइटबारे बहसको अर्को श्रृंखला प्रारम्भ भएको छ । के चलचित्ररटेलिचलचित्रका क्यारेक्टरमा पनि निर्मातारलगानीकर्ताको कपिराइट लाग्छ ?
लाग्न सक्छ, यदि सम्झौतामा यो विषय उल्लेख नभएको वा प्रष्ट रुपमा लगानीकर्ताको हातमा कपिराइट रहने प्रष्ट उल्लेख भएमा । तर, मिडिया हबले जेपीटी क्रियसनसँग गरेको पछिल्लो सम्झौतामा प्रष्टरुपले भद्रगोलका पात्रहरुको कपिराइट जेपीटी क्रियसनमा निहित रहने उल्लेख छ ।
(साभार ःअनलाइन खबर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार