टिवाईसि मंगलवारे र एनएसटि फूएतप्पा विजयी

तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगिता

  सरलपाटी संवाददाता

 422 पटक हेरिएको

इलामको फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा जारी तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगितामा एनएसटि फूएतप्पा र टि वाई सि मंगलवारे विजयी भएका छन् । सिएफसि आमचोक र टिवाईसि मंगलवारेबीच आज भएको पहिलो खेलमा ० का विरुद्ध १ गोल गर्दै टिवाईसिले विजयी हासिल ग¥यो ।

कडा घम्साघम्सीका बीच भएको खेलमा दिवस राईले गोल गरेर टीमलाई विजयी गराए ।
एफसि पारुहाङ हिकुनाम्वा र एनएसटि फूएतप्पाबीच भएको दोस्रो खेलमा हिकुनाम्वालाई ० का विरुद्ध १ गोल गर्दै एनएसटि फूएतप्पाले विजयी हासिल ग¥यो । एनएसटिका आयुस मगरले गरेको गोलनै निर्णायक बन्यो । पारुहाङले धेरै अवसर पाएपनि गोलमा परिणत हुन नसक्दा घर फर्किनुप¥यो । मंगलबार हुने भनिएको तेस्रो खेल युवासंघ फाकफोकथुम ७ को अनुपस्थितिमा स्व.गजराज योङहाङ अमाली स्मृति सोसल टस फाकफोकथुम ७ ले वाकओभर पायो ।

सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम–३ को आयोजनामा शुभ दिपावलीको अवसरमा आयोजित प्रतियोगितामा देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिकालगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका ३६ टीमको सहभागिता रहेको छ । ५२ हजार पुरस्कार राशीको खेलमा उपविजेताले २६ हजार नगद, मेडल र प्रमाण पत्र पाउनेछन् । खेलमा उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका सल्लाहकार हिमेस लिम्वूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार