परदेशको दशैं तिहार सम्झिदा…

  सुजता सुनुवार

 952 पटक हेरिएको

हाेम सुनुवारकाे पारिवारिक फाेटाे

इलाम ।  दशैं कै टिका थियो । तर, हात आमा बाबुको थिएन । आर्शिवाद सधै ठूलोबाटै लिइनुु पर्छ तर, न त आफन्त न त सम्बन्धले ठूला । टिका थाप्ने पहाडी समुदायका राई र आर्शिवादसंगै जमरा पहिराई दिने तराई मुलका सिहं । उमेरले ठूला–बढा भएपछि दशैंको टिका लाइदिने सिंह थाप्ने राई, यस्तै गरि परदेशी भूमिमा दशैं मनाए राईले । तर उनले आमा बाबुको आर्शिवाद भने फोनबाटै लिन्थे ।
नाताविनाको दाजुबाट टिका थापे पनि फोनबाट आर्शिवाद थाप्दा दुःखको आँसु बग्थ्यो इलाम माइजोगमाई गाउँपालिका–२ जोगमाईका सन्यास राईको । दशैं उस्तै गरी तीन वर्षसम्म बित्यो उनको । तर, यो वर्ष विदेशबाट फर्किएपछि आमाबाबुको हातबाट टिका थापेर उल्लासमय दशै मनाउँदैछन् उनी । टिका थापेका छैनन् तर उमंग फरक लाग्दैछ उनी आफैलाई । ‘घर र परदेशमा हुँदा दशैं फरक हुन्छ’, परदेशको दशैं सम्झदै उनी भन्छन्,‘परदेशमा सम्झनाको लागि मात्रै दशै हुन्छ, यहाँ दशैं नहुुँदा पनि दशै भए जस्तो हुन्छ ।’ विदेशमा हुँदा ड्युटी सकेर चाड विशेष भेटमा साउदी, अरबी, वहराइन, बंगलादेश लगायतका आठ देशका नागरिकलाई आफ्नो देशको परम्परा सस्कार संस्कृतिकाबारेमा जानेसम्मको कुरा साट्ने मौका पाए । विदेशको दशैं सम्झदै उनी सुनाउँछन्,‘अर्को वर्ष मैले पनि टिका लगाईदिए, परदेशमा आफु भन्दा सानालाई टिका लगाइदिदा परिपक्क भएजस्तो हँुदो रहेछ ।’ दशै मात्रै होइन तिहार पनि उस्तै गरि बित्थ्यो । साथीसंगीको रमाइलो उस्तै हुने । ‘नेपालमा कहिल्यै नपोलेको सेल विदेशमा गएर पोलियो’,उनी सम्झन्छन्,‘सेल पकाउन अहिले पो रहर लाग्न थालेको छ ।’
इलामकै सन्दकपुर गाउँपालिका– २ माइमझुवाका होम बहादुर सुनुवारले अघिल्लो सालमा मलेसियामा नै सामुहिक रुपमा तिहार मनाए । काम सकेपछि विभिन्न देशका सात सय जना कामदारबाट दश रिङगेट उठाएर तिहार मनाए, संगै यहाँ जस्तौ देउसी भैलो खेलेर रमाए । परिवारलाई खुशी राख्ने सपना बोकेर विदेशीएका उनको पाँचवर्ष उसैगरी बितेको थियो । ‘नेपालका हरेक चाडबाडको औधी याद आउथ्यो, फोनमा चाडबाडमा आउने पाहुना रत्याउने सल्लाह हुन्थ्यो’, उनी सम्झन्छन्,‘चाडबाडका बेला आफु विदेशमा भएपनि घरमा आएका पाहुँनाको साह्रै याद आउने रहेछ ।’

विदेशमा हुँदा सन्यास राइले खिचाएकाे तस्बिर

पाँच वर्षको मलेसिया बसाईमा तेल भण्डारण गर्ने, पेट्रोल पम्पमा पाइप लाईनको स्थान निश्चित गर्ने, बाटोको दुरी पत्ता लगाउने र पोल गाड्ने ठाउँ पहिचान गर्नुपर्ने । पाँच वर्ष अघि विदेशमा पुगेका उनको महिनाको २८ हजार रुपैयाँ कमाई हुन्थ्यो । ठाउँ परिवर्तन गरेर उनले ५९ हजारसम्म कमाई गरे ओभरटाइम ड्युटीसम्म । कमाई राम्रो भएपनि पारिवारिक मिलनबाट टाडा रहदा मन कम्ती पिरोल्थेन । ‘दशै तिहार मात्र कहाँ हो र,उधौली उभौली पनि खुबै सम्झना आउने नी ।’
उनकी श्रीमति विमकला राई सुनुवारलाई पनि श्रीमान् गएको वर्ष निकै पीडा भयो । ‘घरको मुली भए जस्तो हुन्न रैछ, चाडबाडमा औधी यादले सताउँदो रहेछ ।’ पाँच वर्षपछि संगै दशै मनाउन पाएकोमा कम्ती खुशी लागेको छैन ।’ अहिलेसम्मको घरव्यहारको जिम्मेवारी जिम्मा लगाउन पाएकोमा उनी अझ खशी मान्छिन् ।

विदेशको दुःख , दशैको खुशी
सन्यासलाई घर छोडेर विमानस्थलमा पुग्दा गहभरी आसुँ रसायो, विदाईका लागि उभिनेहरु देख्दा मन कुटुक्क भयो । अमिलो मन पारेर विदेशीएका भएपनि मनग्गे कमाई होला भन्ने लागेको थियो । तर, कमाई सोचे जस्तो भिएन । दुख पनि औधी । यति मेहेनत गर्दा स्वदेशमै केही गर्ने आँटले उनी नेपाल आए ।
उस्तै पीडा भोगेका थिए होमले पनि । ‘मलेसियामा ३६ घण्टा बस्दा एक रिङ्गेटमा पाइने पानीलाई १० रिङ्गेट तिरेर खानु प¥यो’, उनले भने,‘३६ घण्टासम्म कम्पनीको सम्पर्क बिना बस्नु पर्दा असैय पीडा भयो नि ।’
नेपाल हुँदा सम्झिएको मलेसिया र पुगेपछि भोगेको मलेसिया आकाश पतालको फरक हुने उनको अनूभव छ । ‘भाषा नजान्नु नै खास समस्या रहेछ,यहाँको सीपले पनि काम नदिदो रहेछ ।’

स्वदेशीकै सीप स्वदेशीकै रोजगार
२०७५ सालको चैतमा नेपाल आएका सन्यासले आफ्नो गाउँमै आएर खाद्य सामग्रीको पसल सञ्चालन गरेका छन् । गाउँमा नै चलाएको पसलले चार जनाको परिवारलाई धानीरहेको छ । विदेशमा हुँदा जस्तो धौ धौ छैन । होमले भने तरकारीको व्यापार थालेका छन् । नेपाल आउदा पाउरोटी उद्योग खोल्छु भन्ने लक्ष्य बोकेर आएका थिए । तर अहिलेकै व्यापारको राम्रो कमाई हुँदै गरेकाले यसैमा रत्तिदै छन् । ‘श्रीमती विमकलाको पनि सक्दो सहयोग छ, दशैं) मनाएर व्यापारै गर्ने हो,’उनले सुनाए,‘पाँच वर्ष विदेश बस्दा अपुरो सपना नेपालमै व्यापारबाट पुरा गर्छु भन्ने अठोट छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार