सामाजिक रूपान्तरणका लागि युवा सुरक्षित आप्रवासनको प्रवद्र्धन र मानव बेचबिखन रोकथामका लागि युवा समूह परिचालन परियोजनाले स्वरोजगार युवा व्यवसायी उत्पादन गर्न थालेको छ ।
परियोजना मानव अधिकार मञ्च नेपाल इलाम र एडब्लुओ अन्तराष्ट्रियको प्रमुख साझेदारीमा स्थानीय पालिकाको समन्वयमा सञ्चालन भइरहेको छ । जिल्लाको रोङ गाउँपालिका र माई नगरपालिकामा सञ्चालित परियोजनासँग आवद्ध दश युवाले स्वरोजगार बन्दै व्यवसाय सञ्चालन गर्न थालेको परियोजनाले सञ्चालन गरेको सञ्चारकर्मीसँगको अन्तत्र्रिmया कार्यक्रममा बताइएको छ । दुई सय ४१ जनालाई दिएको सात दिने उद्यमसिलता विकास तालिमको प्रभावले युवामा स्वरोजगार बन्दै आफ्नै लगानीमा बंगुर फार्म, बाख्रा पालन र फर्निचर उद्योग सञ्चलन शुरु गरेका छन् ।
उद्यमसिलता तालिम पश्चात युवालाई स्वरोजगार बनाउँन माई नगरपालिका एक नम्बर वडाले समूहका युवासँग मिलेर वडाको बजेट समेत विनियोजन गरेको छ । बजेटले युवालाई समूहिक रूपमा होलो ब्लक(सिमेन्टको इँटा), रूपारी बेर्ना उत्पादन, बाख्रा बितरण, माछा भूरा वितरण कार्यक्रम समेत सञ्चाल गरेको जनाइएको छ ।
परियोजनाको युवा सशक्तिकरण समूहमा आबद्ध रोङ गाउँपालिकाका सन्तबहादुर तामाङले उद्यमसिलता तालिम लिएपछि आफ्नै व्यवसाय सञ्चानल गर्न थालेका छन् । उनले बीस लाख पचास हजार बराबरको निजी लगानीमा बंगुर फार्म सुरु गरेका छन् । यस्तै सुजन सुवेदीले फर्निचर उद्योग थालेका छन् । माई नगरपालिकामा धनपति चम्लागाईले २१ लाख बराबरको संयुक्त बाख्रा पाल्न शुरू गरेको अन्तक्रियामा बताइएको छ । युवा सशक्तिकरण समूह अन्तर्गत सञ्चालन गरेको विभिन्न कार्यक्रमले स्थानीय युवाहरू एकजुट हुन थोलेका छन् । स्थानीय तहमा युवा लक्षित कार्यक्रममा सक्रिय बन्न बन्दै गएछन् । सामाजिक अभियानहरूमा संलग्नता बढ्दै गएको बताइएको छ ।
युवाहरूको सक्रियतालाई ध्यानमा राखेर माइ नगरपालिका वडा नम्बर एकले स्वरोजगार बनाउँन ३२ जनालाई युवालाई ६४ बाख्रा, एघार घरलाई ३५ केजी माछाको भूरा वितरण गरेको छ । बाह्र सय रूपारीको बेर्ना उत्पादन र मेसिन खरिद गरेर होलो ब्लक(सिमेन्टको इटा) बनाउँने उद्योग सञ्चालन गर्न सहयोग गरेको जनाइएको छ ।
परियोजनाले बनाएको समूहले विभिन्न पर्व तथा दिवसका अवसरमा सरसफाई, बैदेशिक रोजगारका लागि घरदैलो अभियान समेत सञ्चालन गरेका छन् ।
परियोजनाले लक्षित वर्गको विषयगत क्षमता विकास, सामाजिक संरचनाको विकास, प्रवद्र्धन, सञ्जालिकरण र पैरवी गर्दै, समस्यामा परी फर्किएका आप्रवासी तथा मानव बेचबिखनबाट पीडित भएकालाई सामाजिक आर्थिक पुनस्थापनामा सहयोग पु¥याउँदै आएको परियोजना संयोजक सन्तोष मगरले बताए । यसका जिल्ला प्रशासन कार्यालय, मानव अधिकार मञ्च नेपाल इलाम र दुवै पालिकामा बैदेशिक रोजगारमा जानेहरूका लागि परामर्श केन्द्र समेत सञ्चालन गर्दै आएको छ ।


2063 पटक हेरिएको 






