इलाम नगरपालिकास्थित बिब्ल्याँटेका प्रहरी इञ्चार्ज रवी मगरको दुर्घटनामा परेर निधन भएको छ । आज दिउँसो बिब्ल्याँटेबाटे सुम्बेक जाने क्रममा छाँगे खोलामा मोटरसाइकल दुर्घटनामा परेर मगरको निधन भएको हो ।
कार्यालयको कामका लागि मगर सुम्बेक जाने क्रममा हिलाम्बे सडकका कारण मोटरसाइकल दुर्घटना भएर निधन भएको हुन सक्ने अनुमान गरिएको छ ।
अन्दाजी ४५ बर्षीय इटहरीका स्थायी बासिन्दा मगरको अहिले दुर्घटनास्थलबाट शव निकाल्ने काम भइरहेको इलाम नगरपालिकाका प्रवत्ता तथा वडा नं. ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
शव सडकबाट ५० मिटर तल पुगेको अवस्थामा फेला परेको बताइएको छ ।