यात्राको मानव जीवनमा महत्वपूर्ण स्थान रहेको छ । स्वभावले पनि मानिस एकै ठाउमा बस्न नसक्ने भएकाले आफ्नो आवश्यकता पूरा गर्न यताउता घुम्न थाल्यो मानव विकासक्रमलाइ अध्ययन गर्ने हो भने मान्छे पहिले आफनो आवश्यकता पूरा गर्न एक ठाँउबाट अर्का ठाउँमा जाने गर्दथे । समयसगै मानिस घुमन्ते स्वभावबाट कृषि कर्म तिर आर्कषित भए, मानव सभ्यता विकास नयाँ नयाँ आयामहरु थ्पिदै गए, मानिसहरु घुमन्त,े ठुङगे युगबाट कृषि युगतिर लम्किए । प्रागऐतिहासिक तथ्य प्रमाणहरुले मानिस करिब दशलाख बर्ष अघिबाट घुम्न थालेको बताएको छ ।
सुमेरीयनले पैसाको आविष्कार गरेको करिब ४००० बी.सीको सुरुवाती समयबाट व्यापारको सुरुवाती भएको पाइन्छ । यस समयबाट नै आधुनिक यात्राको सुरवात भएको भनिन्छ । सुरुवातको समयमा दैनिक आवश्यकता पूरा गर्न मात्र देखिएको मानिसको यात्रालाइ व्यापार व्यवसायको ब्यापकताले अझ वढाएको देखिन्छ । ज्ञानको खोजी, अनुसन्धान प्रतिको लगाव, उच्च सम्भ्रान्त बर्गले आफना सन्ततिलाई विभिन्न देशका नयाँ संस्कृति, राजनीतिक प्रणाली बारेमा अध्ययन गर्न पठाउने प्रचलनले पनि यात्राले ब्यापकता पाएको देखिन्छ ।
ढुंगा,पानी जहाज, घोडा बग्गी, रेल, हवाइजहाज, मोटरगाडीको विकासले मानिसको यात्रालाइ सहज बनायो । पहिले मानिसको काम गर्ने समय फुर्सद समयको कुनै लेखाजोखा थिएन बेलायतको औद्योगिक क्रान्ति पछि कामदारहरूले कामको समय र विदाको समय तोकियो र फुर्सदकोे समयलाइ उनीहरूले सदुपयोग गर्न थाले जसले यात्रालाइ अझ बढाएको देखिन्छ ।
हिन्दु ग्रन्थहरुमा तीर्थाटन,देशाटनको रुपमा यात्रा र पर्यटनलाइ वर्णित गरेको छ ।
पर्यटक र यात्रा एक अर्काका परिपुरक कुनै एकविना अर्काको मात्र अस्तित्व खोज्न सकिदैन अझ भन्ने हो भने पर्यटक र यात्राको सामूहिक रूप नै पर्यटन हो भने यसलाई व्यवस्थित गर्ने काम नै पर्यटन ब्यबसाय हो । विश्व पर्यटन संगठनका तथ्यांकहरू अध्ययन गर्ने हो भने पर्यटकले विश्वका विभिन्न भाग यात्रा गर्ने संख्या वृद्धि भएको छ । सन २०१६ मा विश्व पर्यटकको सँख्या एक करोड २३ करोड थियो जब कि यो संख्या सन २००० मा यो ंसंख्या ६७ करोड मात्र थियो । त्यस्तै गरि यस क्षेत्रमा भएको आय पनि सोहि अवधिमा ४९५ अर्ब डलरबाट बढेर १२२० अर्ब डलर पुगेको छ । अर्थात यस अवधिमा पर्यटक संख्या १.८ गुणाले र आय २.४६ गुणाले बढेको देखिन्छ । विश्व पर्यटन संगठनले सन २०२० सम्म पर्यटकको संख्या एक अर्ब ४० करोड पुग्ने अनुमान गरेको छ । विश्व पर्यटन उद्योगमा बढी आय वा रकम रकम प्राप्त गर्ने देशहरुमा संयुक्त राज्य अमेरिका, चीन,जर्मनी,जापान, फ्रान्स इटाली ,मेक्सिको,स्पेन र ब्राजिल पर्दछन । सन २०१७ मा अमेरिकाले ४८८ अर्ब अमेरिकी डलर बराबरको रकम (विश्व पर्यटन आयको ४० प्रतिशत ) आर्जन गरयो भने ब्राजीलले पनि ५६ अर्व अमेरिकी डलर (कुल ग्राहस्थ उत्पादनको ८ प्रतिशत वरिपरि) कमायो पर्यटन आयको कूल गा्रहस्थ उत्पादन दृष्टिले उच्च आय गर्ने पाँच देशमा माल्टा (१५ प्रतिशत), क्रोएशिया (१५ प्रतिशत), जमैका (९ प्रतिशत),थाइल्याण्ड (९ प्रतिशत), आइसल्याण्ड (८ प्रतिशत) पर्दछन । यी देशहरुले पर्यटन क्षेत्रमा आफनो कूल गा्रहस्थ उत्पादनको १५ प्रतिशत कमाएका छन् ।
क्षेत्रफल र जनसंख्याबाट साना देश नै बढी रकम आर्जन गर्न सफल भएको देखिन्छ । यस कोणबाट हेर्दा भूगोल दृष्टिबाट सानो तर प्राकृतिक सा्रेत साधन सौन्र्दय एवं विविधता र सांस्कृतिक सम्पदाको धनी नेपालले आउने पाँच बर्षमा पर्यटनबाट हुने आम्दानीलाई कुल ग्राहस्थ उत्पादनमा दोहोरो अंकले वृद्धि गरि योगदान गर्न सक्नेछ ।
नेपालको पर्यटन क्षेत्र विविधतायुक्त छ । देशका प्रत्येक भू–भागको विशिष्ट पहिचान र बेग्ला बेग्लै सम्भावना छन् । तिनै सम्भावना र पहिचानका सहित मुलुक भित्र पर्यटकीय गतिविधि सञ्चालन गर्न सकियो भने पर्यटकीय विकासका साथै थप संम्भावना समेत उजागार हुने देखिन्छ ।
यसै सन्र्दभमा प्रकृति र पर्यटन क्षेत्रको अवस्थितिलाई हेर्दा नेपालको यो पर्यटन क्षेत्रलाइ( क) सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पर्यटन (ख) प्राकृतिक तथा पर्यावरणीय पर्यटन (ग) साहसिक खेल पर्यटन (घ) कृषि पर्यटन (ङ) शैक्षिक पर्यटन (च) स्वास्थ पर्यटन (छ) माइस पर्यटन गरी सात भागमा वर्गीकरण गर्न सकिन्छ । फेरि नेपालका अधिकांश भाग ग्रामीणवस्तीले भरिएको हुदा पछिल्ला दिनमा विश्वभर नै ग्रामीण एव हरित पर्यटनप्रति मोह बढिरहेको हुदा नेपालका ग्रामिण बस्तीसमेत पर्यटनका केन्द्र बन्न सक्ने सम्भावना रहेको छ ।
त्यति मात्र होइन संसारको सबै भन्दा उच्च शिखर सगरमाथा साथै संसारमा रहेका १४ वटा आठहजार मिटर अग्ला हिमशिखर मध्ये आठ वटा नेपालमा मात्र रहेकाले पनि नेपाल हिमालयको देश भनेर संसारभर परिचित बनेको छ । हिमाल दृश्यावलोकनको लागि कयौं पर्यटक नेपाल आउन लालायित बनेका छन् । सन् २०१८ मा स्थलमार्गबाट आएका भारतीय पर्यटक बाहेक ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भ्रमणमा छन् । यो संख्या २०१७ को भन्दा २५.० प्रतिशतले बढी हो । सन् २०१८ मा सबै भन्दा बढी पर्यटक आउने ५ मुलुक क्रमशः भारत, चीन, अमेरिका, श्रीलंका र बेलायत रहेका छन् । सन् २०१८ मा प्रति पर्यटक औसत १२.४ दिनको अवधि रहेको छ , प्रतिदिन प्रति पर्यटक खर्च अमेरिकी डलर ४४ रहेको छ ।
सन् २०१७ मा प्रति पर्यटक बसाइ अवधि औसत १२.६ दिन र प्रतिदिन प्रति पर्यटक खर्च अमेरिकी डलर ५४ थियो । यसरी सन् २०१८ मा पर्यटक आगमन वृद्धि भएपनि पर्यटकको औषत बसाई अवधि घटेको छ । सन् २०१८ मा आएका पर्यटक मध्ये भ्रमण उद्देश्यको आधारमा मनोरन्जन ६० प्रतिशत, पदयात्रा तथा पर्वतारोहण १६ प्रतिशत, तीर्थयात्री १४.४ प्रतिशत र अन्य ९.६ प्रतिशत रहेको छ । । लुम्बिनी नेपाल सबैभन्दा बढी भ्रमण गरिने गन्तव्यको रूपमा रहेको छ । सन् २०१८ मा आन्तरिक र बाह्य गरी १५ लाख १७ हजार १ सय ३४ पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए ।
तथ्य र तथ्यांकले नेपाल आउने पर्यटक मानव यात्रा पर्यटन विकास र गन्तव्य को संख्या वृद्धि भएको देखाइ रहदाँ नेपालको पूर्वी क्षेत्र इलाम, ताप्लेजुङ र पाँचथर जिल्लामा रहेका पर्यटकीय गन्तव्यले पर्यटकलाई आर्कषित गरिरहेको छ ।
इलामको जोरकलशमा रहेको पर्यटन सूचना केन्द्रका अनुसार आ.ब २०७५्र÷७६ मा एक लाख ३४ हजार ७७ पर्यटकले यो क्षेत्रको भ्रमण गरेका थिए जसमा आन्तरिक पर्यटक एक लाख ३३ हजार चार सय ९७ र बाह्य पर्यटक पाँच सय ८० थिए । पशुपतिनगरमा रहेको सूचना केन्द्र सञ्चालनमा आएको छैन र यस क्षेत्रबाट इलाम छिरेका पर्यटकको तथ्यांक राख्न सकिएको छैन । यसरी हेर्दा पर्यटकको संख्या अझ बृद्धि हुने देखिन्छ ।
यस क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरुः
ताप्लेजुङ जिल्लामा रहेका विश्को तस्रो अग्लो शिखर कञ्चनजंघा, फुङफङे झरना, ओलाङचुङगोला ,पाथीभरा, मिल्के तिनजुरे क्षेत्र, ऐतिहासिक दिकी छयोलिङ गुम्बा, ताप्लेजुङ र पाँचथर जिल्लाको सीमानामा रहेको तिम्बुङ पोखरी, पाँचथरको लब्रे कुटी, सिलौटी, ऐतिहासिक हिलिहाङ दरबार, कूम्मायक कूसायक, छिन्टापु , लामपोखरी क्षेत्र, इलामका कन्याम, अन्तु, सलकपुर, देवानछाप, सानो पाथिभरा, इलाम सदरमुकाम, सन्दकपुर, लारुम्बा, पानीटार , सिद्धिथूम्का,हाँगेथाम चोयाटार, माइपोखरी, टोडके झरना, ढापपोखरी, दिदी बैनी झरना, लगायतका पर्यटकीय गन्तव्य पर्यटक आर्कषणका केन्द्र रहेका छन् ।
मेची पहाडी क्षेत्र पर्यटन प्रवर्दन विकास समितिको यिनै गन्तव्यहरुलाई लक्षित गरेर पर्यटन पूर्वाधार विकास, साथै प्रवद्र्धनात्मक कार्य गदै आइरहेको छ । टे«ल अडिटर मार्फत सर्भे सम्पन्न गरेर पशुपतिनगर , तुमलिङ, कालपोखरी, सन्दकपुर, चारराते, पहाडे मेघु, तिम्बुङ्ग पोखरी, याम्फूदिन हुँदै कंचनजंघाको दक्षिण आधार शिविर रामजेर सम्मको पदमार्ग निर्माण कार्य थालिएको छ । पशुपतिनगर र पौवा भन्ज्याङमा पर्यटन सुचना केन्द्र सञ्चालनको क्रममा रहेका छन् । सूर्योदय अवलोकनको लागि अन्तुमा भ्यूटावर निर्माण गरि यस अघि नै सूर्योदय नगरपालिकालाई हस्तान्तरण गरिएको छ । साहसिक पर्यटनलाइ लक्षित गरेर पाँचथर जिल्लाको तमोर नदीमा ¥याफटिङ, माउण्टेन बाइक, इलाममा घोडचडी सञ्चालनमा रहेका छन् भने इलाम जिल्लामा रक क्लाइम्बिङ र प्याराग्लाइडिङको ब्यवसायिक सञ्चालन चाडैँ हुन गइरहेको छ ।
तथ्यांकलाई आधार मान्ने हो भने यो क्षेत्रमा भ्रमणमा आएका अधिकांस पर्यटक आन्तरिक पर्यटक रहेका छन् । भारतको पश्चिम बंगाल, विहार पह्ँचका दृष्टिले यो क्षेत्रबाट नजिक पर्दछ । भारतीय पर्यटक नेपालका लागि आन्तरीक पर्यटक जतिकै हुन किनभने उनीहरुलाइ नेपाल प्रवेश गर्न प्रबेश आज्ञा चाहिदैन, भाषाका दृष्टिले पनि सहज छ । अहिले पनि (सन् २०१७) नेपाल आएका कूल पर्यटक मध्ये भारत र चीनको अंश झण्डै एक तिहाइ छ । त्यसैले उल्लेखित हाम्रो वरिपरि पहुचका हिसावले नजिक बस्ने जनसंख्यालाई पर्यटन उघोगको संम्भाव्य बजारका रूपमा लिनु पर्छ । भोलिका दिनमा यो संम्भाव्य संख्यालाई आर्कषित गदै जाने गरी पूर्वाधार निर्माण गर्न हो भने बजारको कमि देखिदैन ।
अबको बाटो,
१. विश्वका कयौ मुलुकहरुले विविध किसिमले आफ्नो देशको पहिचानलाइ संसारमा पु¥याउछन् पछिल्लो समय मानव निर्मित संरचनाको प्रचारप्रसार गरेर कतिपय देशले मनग्य धन कमाएका छन् तर विश्वमाझ नेपालले प्रकृतिले दिएका उत्कृष्ट गन्तव्यहरूबारेमा जानकारी पु¥याउन सकेको छैन । तसर्थ प्रचारप्रसार माध्ययमबाट नेपालले आर्कषक गन्तव्यका रूपमा आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउनु पर्छ ।
२. नवीन सोच, ज्ञानको प्रयोग विश्वका अन्य देशले यस सम्बन्धी कसरी काम गर्छन भन्ने अध्ययन अनुसन्धान गरेर विशिष्ट खालका संरचना निर्माण गर्नु पर्दछ । यसकालागि नीतिगत, एकरुपता हुनु जरुरी छ ।
३. पर्यटक आगमनको कारण पहिचान गरेर यसै अनुरुप पूर्वाधारमा विकास गर्न जरुरी छ । पर्यटन पूर्वाधार निर्माणलाई स्थानिय मौलिक आधारमा विस्तार गरिनु आवश्यक छ । जसका कारण बाहिरी पर्यटकलाई आर्कषित गर्न सकियोस् ।
४. सञ्चालनमा रहेका पर्यटन सूचना केन्द्रलाई आधुनिक सूचना प्रणालीले व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।
५. उच्च हिमाली क्षेत्रमा रहेका पदमार्गमा आवास, सुरक्षा र सञ्चार प्रणालीको व्यवस्थापन गर्न जरुरी छ ।
६. पर्यटकीय सेवालाई गुणस्तरीय बनाउन सरोकारवालाहरुलाई तालिम तथा सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गर्नु पर्दछ ।
७. धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उच्च प्रभाव राख्ने अन्तराष्ट्रिय व्यतित्वलाई यस क्षेत्रमा भ्रमण गराउन सके सकारात्मक प्रभाव पर्न जानेछ ।
८. प्रवद्र्धनका लागि भिडियो, पोष्टर निर्माण गर्न जरुरी छ ।
९. मार्ट, मेला महोत्सवको बार्षिक क्यालेण्डर निर्माण गरी नियमित गर्न सके पर्यटन प्रवद्र्धनमा अझ टेवा पुग्ने देखिन्छ ।
१०. दुर्लभ वन्यजन्तुको बासस्थान ,ऐतिहासिक महत्वका स्थानहरुमा संरक्षणको दृष्टिकोणबाट विकासका प्रकृयाहरुलाइ अघि बडाउनु पर्छ ।
११. संख्या र गुणस्तरबीच समुचित सन्तुलन हुनु पर्दछ नेपालमा बढी खर्च गर्ने र कम खर्च गर्ने दुवैथरी पर्यटक आउछन् तर्सथ पर्यटन विकासको मोडल तयार गर्दा संख्या र गुणस्तर सन्तुलन भएको मिश्रित मोडल अपनाउनु उपयुत्तहुन्छ ।
१२. पर्यटकीय गन्तव्यको ब्राण्डिङ गर्न जरुरी छ उदाहरण भुटानलाइ लिन सकिन्छ उसले गज्जबको ब्राण्डिङ गयो , खुशीको भूमि, ीबलम या जबउउष्लभकक को गन्तब्यको रुपमा प्रचार गरि युरोपियन र अमेरिकन पर्यटकमाझ चर्चित भएको छ ।
१३. तीन तहको राज्य संरचनामा पर्यटन विकासको साझा एजेण्डा कसरी तय हुने पनि पेचिलो छ । पर्यटन शुल्क बहुशुल्कमा आइसक्यो , सेवा, सुविधा र प्याकेज रेट अनियमित छ अनुगम गर्न जरुरी छ ।
१४. पर्यटन क्षेत्रमा खपत भइरहेको आयातलाइ प्रतिस्थापन गर्ने किसिमको लगानी र उघमशीलता कमजोर देखिएको छ यसमा ध्यान दिनु जरुरी छ ।
१५. अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य छिटो सम्पन्न गर्नु पर्दछ । विषयगत कथन भन्दापनि तथ्य र तथ्यांकले भविष्यको बाटो देखाउने भएकाले उल्लेखित कुरामा ध्यान दिन सके भ्रमण बर्ष २०२० लक्ष्यको प्राप्तीमा सहजता पुग्ने थियो । विश्व पर्यटन दिवसको सबैमा शुभकामना ।