कक्षा ११ काे नतिजा अाज अाउदै

  सरलपाटी संम्वाददाता

 447 पटक हेरिएको

काठमाडौँ/ कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक हुने भएकाे छ । सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा अाज प्रकाशित गर्ने गरी तयारी पूरा गरेको हो ।

परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो।

बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको हो। बैठकमा बसेका बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशन गर्न मंगलबार बिहान बैठक डाकिएको छ। ‘तयारीमा कुनै प्राविधिक त्रुटी नभए भोलि बिहान बैठक हुन्छ र बेलुकासम्मनतिजा प्रकाशित हुन्छ,’ उनले भने। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार