एनआरएनए कोरियामा यज्ञराज सुबेदी निर्वाचित

एनआरएनए कोरिया

  शंकर विस्वासी

 643 पटक हेरिएको

दक्षिण कोरिया /गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुबेदी निर्वाचित भएका छ्न ।

सेप्टेम्बर २१ र २२ तारीखका दिन राजधानी सौलमा सम्पन्न सातौं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् । गैर आवासीय नेपाली संघ (NRNA) का केन्द्रीय अध्यक्ष भवन भट्ट को प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनमा निवर्तमान वरिष्ठ उपाध्यक्ष बिपिन कुमार गुरुङ सहित, बुद्धी गुरुङ र यज्ञराज सुबेदीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए ।

अध्यक्ष सहित विभिन्न १५ पदका लागि ३२ जनाले उम्मेदवारी दिए पनि महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिपक पून मगर, उपाध्यक्षमा , सोम तामाङ, यदु लामिछाने र सन्जिव कुमार राई, महासचिवमा डा.विमल सुबेदी, सचिवमा राजकुमार स्याङ्तान, कोषाध्यक्षमा चन्द्र राना मगर,यूवा संयोजकमा अरुण श्रेष्ठ र महिला संयोजकमा सुभद्रा पालुङ्वा निर्वाचित भएका छन ।

यस्तै सह-कोषाध्यक्षमा सन्तोष खड्का, सदस्यहरु ओम बहादुर कार्की,अवधेस राज चौरासिया, दिनेश चौलागाई, उमेश पोखरेल, सुवासचन्द्र चौधरी र विश्वमणी दाहाल निर्विरोध चयन भएका छन । यस्तै आइसिसि सदस्यमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ र ओम जुक्जाली मगर निर्विरोध चयन भएका छन । रोजगारी लगायत विभिन्न शिलशिलामा करिब ४० हजार बढी नेपाली रहेको दक्षिण कोरियामा यस अघिका कार्यकालहरु विभिन्न कारणले विवादित हुँदै आएका छन । यसरी विदेशमा रहने आम नेपालीको लागि अभिभावकत्वको भुमिका निर्वाह गर्नु पर्ने संस्थामा राजनैतिक घुसपैठ र विवाद हुनुले आममानिसमा एनअार  एन प्रति वितृष्णा जाग्न थालेको महाधिवेशनको अघि पछिका दिनहरुमा सामाजिक संजालमा व्यक्त प्रतिक्रियाहरुबाट स्पष्ट देखिने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार