संविधान दिवशमा सन्दकपुरले गर्यो जेष्ठ नागरिक र जग्गादातालाई सम्मान

सन्दकपुरमा संविधान दिवश

  सरलपाटी संवाददाता

 907 पटक हेरिएको


सन्दकपुर।सन्दकपुर गाउँपालिकाले संविधान दिवशको अवसर पारेर गाउँपालिकाका ९० वर्षभन्दा माथिका वृद्धवृद्धा र जग्गा दाताहरुलाई सम्मान गरेको छ ।
संविधान दिवशको अवसरमा गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुई दर्जन वृद्धवृद्धाहरुलाई सम्मान गरिएको हो । सम्मानितहरुलाई गाउँपालिकाका अध्यक्ष उदय राईले सम्मान पत्र र पोषणयुक्त खाद्य सामग्री प्रदान गरेका थिए ।
यसरीनै गाउँपालिका र वडा कार्यालयलाई निःशुल्क जग्गा दिने १५ जनालाई पनि सम्मान गरिएको छ । जग्गादाताहरु नेत्रप्रसाद सुवेदी, धनप्रकाश राई, कृष्णकुमार सुवेदी, दिनेशकुमार सुवेदी, डम्बरबहादुर सुवेदी, सकिला बुर्जा, टिकमाया गुरुङ्ग, लीलाबहादुर बुर्जा, जीवन शिवा, डिल्लीकुमार गुरुङ्ग, मनबहादुर गुरुङ्ग, रनमाया राई, अनन्त गुरुङ्ग, शान्ति माया गुरुङ्ग, देउबहादुर गुरुङ्गलाई सम्मान गरिएको हो ।
यसरीनै शैक्षिक सत्र २०७५ मा पालिकाभिका एसइईमा उत्कृष्ट अंक ल्याउने सरस्वती माविका छात्र निवेक खनाल, छात्रा लक्ष्मी ढकाल, आधारभूत विद्यालयबाट उत्कृष्ट अंक ल्याउने प्रतिक खतिवडा, प्रबोध माविका दिब्या गुरुङ्गलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
गाउँपालिकाको अध्यक्ष उदय राईको अध्यक्षता र जेष्ठ नागरिक ९६ वर्षीय घनश्याम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शोभा पराजुली, वडाध्यक्ष कृष्ण पाठक, दलका प्रकाश पराजुली, धनप्रकाश राई, दिवाकर रिजाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार