इलामको पहिलो बाल उद्यानको उद्घाटन

बालदिवश

  सरलपाटी संवाददाता

 969 पटक हेरिएको

इलाम/हरित शान्ति अभियानले निर्माण गरेको मिनी बाल उद्यानको आइतबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन गरेका छन् । बाल दिवशको अवसरमा उद्यानको उद्घाटन गरिएको हो । उद्यान उद्घाटन गर्दै प्रमुख बस्नेतले नगरको प्रत्येक वडामा बाल उद्यान निर्माण गरिने बताएका छन् । उद्यानका लागि जग्गा व्यवस्थापनको कार्य भइरहेको पनि उनले बताए ।
इलाम नगरपालिका वडा नं. ८ मा रहेको कम्पोष्ट मल उत्पादन गृहसँगै रहेको बाल उद्यानको निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको पाँच लाख रुपैयाँ अनुदान दिएको अभियानले जनाएको । जम्मा सात लाख ४० हजारको लगानीमा उद्यानको निर्माण गरिएको अभियानका फोकल पर्सन प्रकाश अधिकारीले जानकारी दिए । उद्यानमा बालबालिकाहरुका लागि खेल्ने सामग्रीहरु क्रमशः थपिंने पनि उनले बताए ।
अभियानका अध्यक्ष लोकपृय खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्यान निर्माणका लागि सहयोग गर्ने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई प्रंशसा पत्र प्रदान गरिएको थियो ।
उद्यान प्रवेश शुल्क ५० रुपैयाँ लिइने र शनिबार विदार्थीहरुलाई ५० प्रतिशत छुट दिइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार