इलाम । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका तत्कालिन इलाम जिल्ला सेक्रेटरी दिपेन राईले पार्टी परित्याग गरेका छन् । उनले सत्तारुढ नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् । विज्ञप्ती जारी गर्दै उनले विप्लव नेतृत्वको पार्टी परित्याग गरेको र नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । दिपेनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनी अहिले इलाम स्थित कारागारमा छन् । जिल्ला अदालतले इलामले उनलाई एक लाख ५५ हजार रुपैयाँ धरौटी माग छ ।। उनी धरौटी बुझाउने प्रक्रियामा रहेको दिपेनका बाबु हेमप्रसाद राईले जानकारी दिए ।
दिपेनले इलाम कारागारबाटै विज्ञप्ती जारी गरेर विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै सो पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट अलगत भएको घोषणा गरेका हुन् ।
दलाल पुँजीवादी व्यवस्थाले सर्वहारा श्रमिक वर्ग लगायत सम्पुर्ण मानवतामाथि लादेको सवै प्रकारको शोषण, उत्पिडन विरुद्ध वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने र लोकतन्त्रलाई नयाँ उचाईमा पु¥याउने संकल्पसहित नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा शुरु भएको सम्बृद्ध नेपाल, सुखी नेपाली अभियानमा गोलवन्द हुन समेत उनले आह्वान गरेका छन् ।
हेर्नुहाेस विज्ञप्ती