शक्ति केन्द्रको सैन्य गठवन्धनमा सामेल हुँदैनौः प्रचण्ड

नेकपा

  सरलपाटी सम्वाददाता

 671 पटक हेरिएको

 

 

 

 

 

 

 

 

 

इलाम।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कुनै पनि शक्ति केन्द्रको सैन्य गठवन्धनमा सामेल नहुने प्रष्ट पारेका छन् । अमेरिकाको इण्डे प्यासेफिक रणनीतिका बारेमा चिनिया राजदुतसंग गरेको टिप्पणीलाई लिएर विवादमा तानिएका प्रचण्डको सो प्रष्टौती आएको हो । नेकपा इलामको प्रकाशन तथा प्रचार विभागले शनिबार इलाम सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने,‘चाहे त्यो बिमिष्टेकको सन्दर्भको सैन्य गठवन्धन होस चाहे इण्डो प्यासेफिक फण्ड अन्तर्गत हुने सैन्य गठवन्धनमा हामी संलग्न हुँदैनौ, हुन सक्दैनौ ।’
उनले नेपालको प्रष्ट विदेश नीति रहेको बताए । ‘असंलग्न स्वतन्त्र विदेश नीतिनै नेपालको विदेश नीतिको आधार हो, मान्यता हो सिद्धान्त हो’,उनले भने,‘त्योबाट नेपाल कहि कतै विचलित छैन र विचलित हुँदैन ।’ प्रचण्डले चिनिया विदेशमन्त्रीलाई रणनीतिक उद्देश्यसहितको नेपालको राष्ट्रिय हितलाई असर पार्ने काममा संलग्न नहुने बताएको प्रष्ट्याए । ‘इण्डे प्यासेफिक सैन्य रणनीति आएको खण्डमा हाम्रो कहि कति संलग्नता हुँदैन । चिन विरोधी गतिविधि हाम्रो लागी शैय छैन भन्ने कुार भनिएको हो’, प्रचण्डले भने । आफ्नो टिप्पणीलाई लिएर अमेरिकाले सरकारको धारणा माग नगरेको दावी छ । ‘चिनबाट आधिकारीक स्टेटमेन्टको आएको होइन, न्युज ऐन्सीको न्युजमा आएको हो’, प्रचण्डले थपे,‘अमेरिकाले सरकारको धारणा मागेको कुरा सत्य होइन । सरकारलाई चिठि आएको पनि छैन, के हो भनेर सोधिएको पनि छैन ।’ उनले अमेरिकाप्रति कुनै नकरात्कम धारण नभएको बताएका छन् । क्युवाको प्रकरको सन्दर्भ कोट्याउँदै प्रचण्डले संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषदको निर्णय कार्यान्वयनमा गम्भीर हुनुपर्ने दोहो¥याए । उनले अमेरिकालाई उत्तेजित पार्ने प्रभोग गर्ने आवश्यकता र अवस्था नभएको बताए ।
प्रचण्डले सरकारको कामले नेपालको स्टाटस माथि उठेको प्रतिक्रिया ब्यक्त गरेका छन् । ‘छिमेकीहरुसंग जे सम्झौता भएको छ, त्यसले नेपालको स्टाटसलाई माथी उठाएको छ’, नले थपे,‘हामी ल्याण्ड लक हुनेठाउँबाट ल्याण्ड लिंक कन्ट्री हुने ठाउँमा आइपुगेका छौ ।’ आर्थिक विकासको गतिपनि उत्साहजन भएको भन्दै प्रचण्डले ‘सवै वर्वाद हुन लाग्यो’ भनेर गरिएको प्रचार जायज नभएको बताए । जनताको अपेक्षा अनुसारको काम हुन नसकेको भन्दै प्रचण्डले अबको दिनमा सरकारले नयाँ गति लिने दावी गरे । ‘हामी आफ्नै कुरामा जेलिदा जनताको अपेक्षा अनुसारको काम हुन सकेन’, उनले भने‘ आउने दिन हेर्नुहोला सरकारले नयाँ गति पक्रेर जान्छ, यसमा संकल्पबद्ध भएर जान्छौ ।’
प्रचण्डले अहिलेको सरकारलाई अस्थिर बनाउँन दिन नचाहेको बताएका छन् । सरकारको आलोपालो प्रधानमन्त्रीको विषयमा सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले ‘हिजो सहमति भएको थियो, त्यही हुनुपर्छ भन्ने कुरामा छैनौ, पार्टी एकता राम्रोसंग जानुप¥यो सरकारले प्रभावकारी रुपमा काम गर्नु प¥यो । पाँचै वर्ष यो सरकार चल्दा आपत्ति हुने कुरा हुँदैन ।’ उनले आफुलाई प्रधानमन्त्री बन्न साह्रै हतारो ग¥यो भनेर आरोप लगाउँदा आफूमाथी साह्रै अन्याय हुने बताए ।
उनले आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने बताए । ‘आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने नीति छ, यही बेला गर्ने भन्ने समयावधि तोकिएको छैन । आवश्यक परेको बेलामा संशोधन हुन्छ ।’
उनले प्रतिक्रियावादीले होहल्ला गर्दैमा संविधान कमजोर नहुने बताए । ‘७० वर्ष लडर ल्याएको प्रणाली हो, केही मान्छे कराउँदैमा सिस्टमै उल्टिने खतरा होइन’, प्रचण्डको भनाई थियो । उनले प्रेसलाई अंकुश लगाउने कुनै मनासाय नभएको बताएका छन् । ‘मिडिया काउन्सील विधेयकमा केही कमी छन् भने त्यसलाई सच्याउने कुरामा विमती छैन’,प्रचण्डले भने,‘मिडियालाई अंकुल लगाउने कुरा कल्पना गर्न सकिदैन ।’ बरु सरकार साह्रै उदार भएको उनको टिप्पणी छ ।
‘प्रधानमन्त्रीलाई, पार्टीको नेतालाई मनपरि गाली गरेर हिड्न पाउने छुट कुन लोकतान्त्रीक देशमा छ?’प्रचण्डले प्रश्न गर्दै भने,‘स्वतन्त्रताको मर्यदा र सीमा हुनुपर्छ, हामी साह्रै उदार भएका छौ । अरु दलको सरकार भएको भए यस्तै हुन्थ्यो ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार