अर्थ बहस
२०१६ सालमा झापाबाट नेपालमा चिया उत्पादन सुरु भयो । ०२१ सालमा अन्य चारवटा उद्योग थपिए । अहिले झापामा मात्रै ३२ वटा चिया उद्योग सञ्चालनमा छन् । यसबीचमा चिया उद्योगमा जमिनदारहरू मात्रै होइन, साना र मझौला किसान पनि संलग्न भए । अहिले झापामा सिटिसी चिया बन्छ, जुन नेपालमा खपत हुन्छ । यस किसिमको चिया नेपालमा वार्षिक २ करोड २० लाख किलो उत्पादन हुन्छ । त्यसमध्ये ७० देखि ८० लाख किलो चिया नेपालमा खपत हुन्छ, बाँकी भारत निर्यात हुन्छ ।
इलाम–पाँचथरलगायत पहाडमा अर्कैै किसिमको अर्थोडक्स चिया उत्पादन हुन्छ । यस्तो चिया पश्चिममा गण्डकी अञ्चलसम्म पुगिसकेको छ, तर मेचीचाहिँ चियाको हब नै हो । नेपालमा वर्षको ६० लाख किलो अर्थोडक्स चिया उत्पादन हुन्छ ।
इलाम–पाँचथरलगायत पहाडमा अर्कैै किसिमको अर्थोडक्स चिया उत्पादन हुन्छ । यस्तो चिया पश्चिममा गण्डकी अञ्चलसम्म पुगिसकेको छ, तर मेचीचाहिँ चियाको हब नै हो । नेपालमा वर्षको ६० लाख किलो अर्थोडक्स चिया उत्पादन हुन्छ । अर्थोडक्स चिया उत्पादन गर्ने पनि तीन किसिमका व्यवसायी छन् । बहुसंख्यक व्यवसायी ठूलो परिमाणमा उत्पादन गर्ने र मुख्यतः भारतको बजारमा निर्यात गर्ने गर्छन् । दोस्रो, अर्गानिक (प्रांगारिक) चिया उत्पादन गर्ने व्यवसायी छन्, धनकुटादेखि इलामसम्म यस्ता उद्योग ६ वटा छन् । यस्ता उद्योगीले वार्षिक ३ लाख किलो सर्टिफाइड अर्गानिक चिया उत्पादन गर्छन्, जसले तेस्रो देशमा निर्यात गर्छन् । तेस्रो, आफ्नो कोठेबारीमा चिया लगाएर चिया उत्पादन गर्ने साना किसानद्वारा सञ्चालित करिब १ सयवटा चिया कारखाना छन् । त्यस्तो एउटा उद्योगले वर्षको १ हजारदेखि ५ हजार किलोसम्म चिया उत्पादन गर्छ । नेपालमा ब्ल्याक टी, ग्रिन टी, ओलन टीलगायत विशेष चिया उत्पादन हुन्छ ।
नांगा डाँडालाई चियाले ढाकौँ
चिया भनेको ‘क्यामेलिया साइनेसिस’ नामको एक वनस्पति हो । वनस्पति भनेपछि यो वनमा नै उत्पादन हुन्छ । अहिले नेपालको पूर्वी पहाडी क्षेत्रमा विशेष रूपमा चियाको खेती हुन्छ । त्यसलाई पश्चिमसम्म नै खेती गर्न सकिन्छ । पहाडका सबै नांगा डाँडा चियाले ढाक्न सकिन्छ । हाम्रो अनुभवले पनि त्यसलाई सिद्ध गरिसकेको छ । लमजुङको घलेगाउँमा एकदमै राम्रो चियाको खेती भएको छ । नुवाकोट, जिरीलगायत ठाउँमा पनि चियाखेती भइरहेको छ । उच्च पहाडी क्षेत्रमा पनि यो उत्पादन हुन्छ, जसको गुणस्तर राम्रो हुन्छ । तर, उत्पादकत्व कम हुन्छ । भारतको उत्तराञ्चलमा नै राम्रो चियाखेती भइरहेको छ भने त्यसभन्दा पूर्वमा रहेको नेपालका सबै क्षेत्रमा चियाखेती गर्न सकिन्छ ।
चिया उद्योगका सकारात्मक पक्ष
चिया उद्योगले ग्रामीण रोजगारी प्रदान गरिरहेको छ । खासगरी पहाडमा चिया उत्पादन गर्नेमध्ये ९५ प्रतिशत साना किसान संलग्न छन्, उनीहरूको चिया ठूला व्यवसायीले किन्ने गर्छन् । वर्षको ८ महिनामा २२ देखि ३८ पटक चिया टिप्न सकिन्छ । अन्य कुनै पनि कृषि बालीले यति धेरै उत्पादन दिँदैन । त्यसले गर्दा साना किसानको जीविकोपार्जनमा चियाखेतीले निकै ठूलो योगदान गरेको छ । यो वातावरणमैत्री उद्योग पनि हो । चियाखेती आफैँमा हरियाली सिर्जना गर्ने काम हो । यसले भूक्षयलाई रोक्छ । त्यसैले वातावरणीय दृष्टिले पनि यो महत्वपूर्ण छ । राष्ट्रियस्तरमा हेर्दा चियाले आयात प्रतिस्थापन गरेको छ । यसले निर्यात वृद्धि पनि गरेको छ । यसबाट ठूलो मात्रामा विदेशी मुद्रा नेपालमा भित्रिएको छ ।
चियाको राष्ट्रिय पहिचान जरुरी
हामीले अहिलेसम्म नेपाली चियाको राष्ट्रिय पहिचान (लोगो) स्थापित गर्न सकेका छैनौँ । ‘दार्जिलिङ टी’ भनेर ८७ वटा बगान समेटिएको छ । ‘सलोङ टी’ भनेर १ हजारभन्दा बढी बगान समेटिएको छ । त्यसैगरी, ‘नेपाल टी’ भनेर नेपालका सबै बगान वा चिया उत्पादकलाई समेट्न जरुरी छ ।
पहिलो, यस सम्बन्धमा बनेका नियमहरू फिल्ड तहमा लागू गर्नुपर्छ । त्यसमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काम गर्नुपर्छ । त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा नेपालको कलेक्टिभ मार्क दर्ता गर्नुपर्छ । हाम्रो चिया जुनजुन ठाउँमा निर्यात गर्ने हो, त्यहाँ हाम्रो ट्रेडमार्क दर्ता हुन आवश्यक छ । उदाहरणका लागि जर्मनी, अमेरिकालगायत मुलुकमा दर्ता गर्नुपर्छ । त्यसमा पनि हामी अघि बढिसकेका छौँ ।
नेपाली चियाको कलेक्टिभ ट्रेडमार्कको विषयमा नेपाल सरकारबाट निर्णय भइसकेको छ । यसको नियमावली, आचारसंहिता, प्रक्रियाहरू पनि बनिसकेका छन् । त्यसो हुँदा यसलाई लागू गर्ने चरणमा हामी पुगेका छौँ । यसलाई दुई तरिकाबाट लागू गर्नुपर्छ । पहिलो, यस सम्बन्धमा बनेका नियमहरू फिल्ड तहमा लागू गर्नुपर्छ । त्यसमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काम गर्नुपर्छ । त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा नेपालको कलेक्टिभ मार्क दर्ता गर्नुपर्छ । हाम्रो चिया जुनजुन ठाउँमा निर्यात गर्ने हो, त्यहाँ हाम्रो ट्रेडमार्क दर्ता हुन आवश्यक छ । उदाहरणका लागि जर्मनी, अमेरिकालगायत मुलुकमा दर्ता गर्नुपर्छ । त्यसमा पनि हामी अघि बढिसकेका छौँ ।
पहिचानसँग पहुँच पनि
हामीले नेपाली चियाको पहिचान स्थापित गर्न ठोस काम गरेका छौँ । तर, पहुँच पनि विस्तार गर्नुपर्छ । त्यसमा सरकारले लगानी गर्नुपर्छ । उदाहरणका लागि श्रीलंका सरकारले रुसलगायत विश्व बजारमा आफ्नो सिलोन टी प्रवद्र्धन गर्न यो वर्ष ५० मिलियन डलर छुट्याएको छ । त्यस्तै, गतिविधि नेपाल सरकारले पनि गर्नुपर्छ । निजी क्षेत्रले राम्रो उत्पादन गर्न सक्छ, तर त्यसको प्रवद्र्धनलाई सरकारको मद्दत चाहिन्छ । ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ भन्ने उखान नै छ ।
नेपाली चियाको पहुँच विस्तारमा धेरै समस्या छ । पहिलो, नेपाल भूपरिवेष्टित मुलुक भएकाले तेस्रो मुलुकमा हाम्रो सामान पठाउन झन्झट मात्रै छैन, लागत पनि बढी पर्छ । भारतमै निर्यात गर्न पनि समस्या छ । भारतले हामीलाई दिनसम्म दुःख दिएको छ । कहिले केन्द्रीय खाद्य प्रयोगशालामा परीक्षण गराऊ भन्छ । कहिले तिमीहरूको चियामा शंका छ भनेर गाडी रोकेर कोलकाता परीक्षण गर्न पठाउँछन् । त्यसो हुँदा हामी उद्योगी हैरान भएका छौँ ।
चीनले चियामा उन्नतस्तरको विशेषज्ञता हासिल गरेको छ । त्यसो हुँदा हाम्रो चियालाई चीनतर्फ पनि निर्यात गर्न सकिन्छ । चिनियाँहरूलाई यहाँ बोलाएर चियाखेती गराउन सकिन्छ ।
सरकारले संरक्षण नगरे सबै चिया उद्योग बन्द हुन्छन्
चियामा ठूलो कमाइ हुने भए ठूला औद्योगिक घरानाहरूले लगानी गर्थे होला । यो विशुद्ध खेती हो । जुनसुकै मुलुक, विकसित होस् वा अविकसित खेती–कृषिलाई सरकारले संरक्षण गर्छ, सहयोग गर्छ । तर, नेपालमा सरकारले खेतीको प्रवर्द्धन केही पनि गरेको छैन । विगतमा चियालाई जग्गाको हदबन्दी छुट दिएर, ऋण मिनाहा गरिदिएर, चिया क्षेत्र घोषणा गरेर सरकारले सहयोग गरेको थियो । तर, बहुदलीय व्यवस्था आएपछि सरकारसँग भएको चिया विकास निगम पनि निजी क्षेत्रलाई दिइयो, हामी चिया उद्यमीलाई पनि सरकारले संरक्षण गरिरहेको छैन । खासमा सरकारले हामीलाई ठूलो अन्याय गरिरहेको छ । सरकारले बरु व्यापारलाई सहयोग गरेको छ । सरकारले व्यापार र कृषिको फरक नै बुझ्न सकेन । त्यसैले हामीलाई चियाबाट छुटकारा दिनुस् भनेर सरकारलाई भनेका छौँ । होइन भने हामीलाई अन्य कृषि उद्योगमा जान दिनुस् भनेका छौँ । यही अवस्था रहिरहे नेपालका चिया उद्योग बन्द गर्नु, चियाखेती बन्द गर्नुको विकल्प हुँदैन ।
सरकारले बरु व्यापारलाई सहयोग गरेको छ । सरकारले व्यापार र कृषिको फरक नै बुझ्न सकेन । त्यसैले हामीलाई चियाबाट छुटकारा दिनुस् भनेर सरकारलाई भनेका छौँ । होइन भने हामीलाई अन्य कृषि उद्योगमा जान दिनुस् भनेका छौँ । यही अवस्था रहिरहे नेपालका चिया उद्योग बन्द गर्नु, चियाखेती बन्द गर्नुको विकल्प हुँदैन ।
अबको प्राथमिकता अर्गानिक चिया
हाम्रो छिमेकको दार्जिजिङमा ८७ वटा ठूला टी स्टेट छन्, ती सबै अर्गानिक भइसके । किनभने, आज अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग अत्यधिक छ । मानिसहरू स्वास्थ्यप्रति अत्यन्तै सजग बन्दै गएका छन्, त्यसो हुँदा गुणस्तरीय उत्पादन उपभोगको संस्कृति बनेको छ । तर, दार्जिलिङ चियाको नाममा अन्तर्राष्ट्रिय बजारमा अढाई करोड किलो चिया बिक्री हुन्छ । उनीहरूको चियाको बोट २ सय वर्ष पुराना भइसकेका छन् । त्यहाँको चिया क्षेत्रमा प्रदूषण बढेको छ ।
हाम्रो चियामा पनि विषादीको प्रयोग धेरै छैन । चिया लगाउँदा नै हाम्रो माटो प्रांगारिक थियो । हिमाली हावापानी छ । हाम्रोमा अधिकांश चिया बगानमा चिया लगाएको ४० वर्ष मात्रै भएको छ । त्यसले अझै गुणस्तरीय उत्पादन दिन्छ । त्यसो हुँदा विदेशी चियापारखीले नेपाली चियालाई अत्यन्तै मन पराएका छन् । दार्जिलिङ चियालाई ‘स्याम्पेन अफ द टी’ भनिन्छ, हाम्रो त त्यसभन्दा राम्रो चिया छ । तर, मैले विषादी हालेको छैन, उत्पादन अर्गानिक छ भनेर मात्रै हुँदैन । त्यसलाई अर्गानिक प्रमाणीकरण गर्नुपर्छ । अन्तर्राष्ट्रियस्तरमा अर्गानिक सर्टिफाइड गर्ने संस्थाहरू छन्, उनीहरूबाट प्रमाणीकरण गरेपछि मात्रै हामीले आफ्नो उत्पादनलाई प्रांगारिक भन्न सक्छौँ ।
दार्जिलिङमा ८५ देखि ९० लाख किलो चिया उत्पादन हुन्छ, उनीहरू सबै अर्गानिक भइसके । हामी पनि ६० लाख किलो अर्थोडक्स चिया बनाउँछौँ, तर मुस्किलले ३ लाख किलो मात्रै अर्गानिक बनाउन सकेका छौँ । त्यो सबै चियालाई अर्गानिक सर्टिफाइड गर्नुपर्छ । त्यसो भयो भने मुलुकको अर्थतन्त्रमा यस क्षेत्रले निकै ठूलो योगदान गर्न सक्छ ।
अहिले ननअर्गानिक चिया निकासी गर्दा त्यसको भन्सार मूल्यांकन २ सय रुपैयाँ छ भने त्यसलाई अर्गानिक बनाउनेबित्तिकै १ हजार रुपैयाँ पुग्न सक्छ । अहिले साढे ३ अर्ब रुपैयाँको चिया निर्यात गरिरहेका छौँ । पहाडको अर्थोडक्स चियालाई पूरा प्रांगारिक बनाउन सकियो भने ३ वर्षभित्र १० अर्बको चिया निर्यात गर्न सक्छौँ । त्यसो गर्न ठूलो मिहिनेत पनि चाहिँदैन ।
एउटा रैथाने उत्पादन, जसको कच्चा पदार्थ कतैबाट ल्याउनुपर्दैन, त्यसबाट १० अर्ब रुपैयाँको निर्यात गर्न सकिन्छ भने त्यसले देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिन सक्छ । सरकारले १० वर्षमा मुलुकलाई नै प्रांगारिक घोषणा गर्ने भनेको छ । तर, त्यसको सुरुवात कहीँबाट हुनुपर्छ । हामीले इलामलाई तत्काल प्रांगारिक घोषणा गर्न सक्यौँ भने त्यसले नेपालको चियालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न ठूलो योगदान गर्न सक्छ ।
चापागाईं कार्यकारी गोर्खा टी स्टेटका अध्यक्ष तथा हिमालयन अर्थोडक्स चिया उत्पादन संघका पूर्वअध्यक्ष हुन् ।
नयाँ पत्रिका दैनिकबाट साभार