इलाममा व्याडमिन्टन प्रतियोगिता हुने

  सरलपाटी संवाददाता

 848 पटक हेरिएको

इलाममा आगामी असोज ९ गतेदेखि जिल्ला स्तरीय मेन्स डबल खुला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
तीन दिन सम्म चल्ने प्रतियोगितामा जिल्लाभरका सबै व्याटमिन्टन टीम सहभागी गराउने लक्ष्य रहेको छ । एक टीमबाट दुई÷दुईजना खेलाडी सहभागी हुने प्रतियोगितामा जिल्लाभरका ३० देखि ४० टीम सहभागी गराउने योजना छ ।
मदन–भण्डारी स्र्पोटस् एकाडेमी इलामको आयोजनामा हुने प्रतियोगिताको लागत एक लाख ५० हजार अनुमान गरिएको छ । विजेता टीमलाई २० हजार रुपैयाँ र उप–विजेतालाई एघार हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पुरस्कार रहेको स्र्पोट्सका जिल्ला अध्यक्ष मिलन खत्रीले जानकारी दिनुभयो ।
विजय दशमीको अवसरमा हुने प्रतियोगिताबाट जिल्लाको खेल क्षेत्रको प्रवद्र्धनमा सघाउन पुग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार