मुखमा घाउ आएर बोल्न नसक्ने अवस्थाकी बालिकालाई उपचार खर्च अभाव

रेडक्रस र स्काउटले उठायो ७० हजार बढी रकम

  सरलपाटी संवाददाता

 1061 पटक हेरिएको

अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत ज्योति राई मुखमा घाउ भएर बोल्न नसक्ने अवस्थामा पुगेपछि उपचारका लागि आर्थिक सहयोग संकलन थालिएको छ ।
मुखमा गम्भीर किसिमको घाउ आएपछि उपचार खर्च समेत अभाव भएपछि अमर माध्यमिक विद्यालयले उपचार खर्च संकलन गर्न थालेको हो ।

राईको मुखको अप्रेसनको खर्च चार लाख चाहिने भएपछि उपचार खर्च जुटाउन अमर माध्यमिक विद्यालयका अमर स्काउट सोसाइटी र जुनियर रेडक्रसको सक्रियतामा आर्थिक संकलन थालिएको हो । अमर माध्यमिक विद्यालयका स्काउट शिक्षक अर्जुन शर्मा(ढुंगाना)का अनुसार हाल सम्म उपचारका लागि ७० हजार एक सय ६० रुपैयाँ संकलन गरेर बालिकाकी आमा सूर्यमाया राईलाई बुझाइएको छ ।
‘अहिले बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ । त्यहाँबाट अरु अस्पतालमा रेफर गर्छ होला ।’

शिक्षक ढुंगानाले भन्नुभयो,‘घरायसी आर्थिक अवस्था नाजुक भएकाले सहयोग उठाउनु परेको हो । हामीले शिक्षक विद्यार्थी र स्थानीय बिब्ल्याँटे बजारमा संकलन गरेर उक्त रकम बुझाएका हौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार