यहाँस्थित सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा विसालु सर्पले डसेर एक युवतीको निधन भएको छ । सूर्योदय नगरपालिका १३ निवासी टीका विसुङ्खेको गए राति निधन भएको हो ।
राति १२ बजे सुतिरहेका ठाउँमा सर्पले टोकेको र उपचारमा लैजाने क्रममा झापाको चालआलीमा युवतीको निधन भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो ।
युवतीलाई डस्ने सर्पको प्रजाति भने छुट्याउन नसकिएको भट्टराईको भनाइ छ ।


767 पटक हेरिएको 






