हिन्दु धर्मावलम्वीहरूले परापूर्वदेखि मनाउदै आएको तीज विशुद्ध सांस्कृतिक पर्व होे । हरितालिका व्रतको अघिल्लो दिन दर खाने र पछिल्ला दुई दिन गणेश चौथी र ऋषि पञ्चमी जम्मा चार दिन तीजसंगै सम्वन्धीत छन् । नगण्य खर्च र छोटो समयमा समापन हुने तिज दशैं तिहार भन्दा सानो र सामान्य मानिन्छ ।
केही वर्षदेखि तिजको नाममा उल्लेखित विधिभन्दा फरक देखावटीपन वढेको छ । महूगो लुगा, सृंगार र गहनाको मेला लागेको छ । भोजको आयोजना गरेर आपूmलाई ठुलो देखाउनेको होडवाजी छ । खेतीको धमाधममा एक महिनासम्म चल्ने आलो पालो खानपिनलाई भाते पर्मले पिरोल्यो भन्ने गुनासो सर्वत्र छ । महूंगा लुगा र गहना लगाएर धेरै दिन नाच्ने चलन शहर हुदै गाउँ वेंसी पुगेकोे छ । तिजमा दशैको भन्दा वढी खर्च हुन थालेको छ । नहुनेको घरमा रुवावासी चल्छ । नपुगी नक्कल गर्नेले ऋण धन गरेर व्यवस्थापन गर्नु पर्ने वाध्यता छ ।
अनावश्यक विषयमा खर्च गर्नु हुदैन भन्ने घरमुलीका घरमा दम्पति र परिवार विच कुटाकुट र झगडा भएको समेत देख्न र सुन्न पाईन्छ । एकप्रकारले घर व्यवहार चलाउनेलाई तिज टाउको दुखाइको विषय वन्न थालेको देखिन्छ । विशुद्ध सांस्कृतिक पर्वलाई अवास्तविक क्षमता, गरगहना तथा अन्य वस्तुको देखावटी प्रस्तुत हुने चलनले नहुनेलाई र महिला स्वभिमान तथा क्षमतालाई कुन हिसावले हेर्दछ् सोच्ने वेला भएको छ ।
हुनत तिजको सन्दर्भमा कुरा उठ्दा खान लाउन मनोरन्जन गर्न नपाईने हो र? भन्ने तर्क पनि आउने गरेका छन् । खाने लाउने कुरा मानिसको आधारभूत आवश्यकता हुनाले नियमित चलिरहने प्रक्रिया हो । चाड पर्वको मान्यता अनुसार केही फरक हुनु स्वभाविक हुन्छ ।
मनोरन्जन पनि मानिसको अभिन्न अंग हुनाले सान्दर्भिक समयमा यस्तो आवश्यकता पनि पुरा हुनु पर्दछ । सबैले चलन अनुसारको पर्व पनि मनाईरहेकै हुन्छन ।
तीजलाई पनि स्वभाविक ढंगले मनाउदा भएकै थियो । तर जव सामान्य पर्व असामान्य ढंगवाट रवाफ र तडकभडक प्रदर्शनीकोे अवसर बन्छ, यसलाई मौलिक र सबैले मनाउन सक्ने वनाउन आवाज उठ्नु अस्वभाविक होइन । कुनै कुराले कुनै विषयको इतिहास वा मौलिक स्वरुप मेटिनु र अनावश्यक विकृति वढ्नु राम्रो होइन ।
तीजलाई पनि स्वभाविक ढंगले मनाउदा भएकै थियो । तर जव सामान्य पर्व असामान्य ढंगवाट रवाफ र तडकभडक प्रदर्शनीकोे अवसर बन्छ, यसलाई मौलिक र सबैले मनाउन सक्ने वनाउन आवाज उठ्नु अस्वभाविक होइन । कुनै कुराले कुनै विषयको इतिहास वा मौलिक स्वरुप मेटिनु र अनावश्यक विकृति वढ्नु राम्रो होइन ।
नेपालमा अधिकांश मानिसहरु ग्रामिण भेगमा वसेका छन् । सभ्यता शहर वजारवाट शुरु हुन्छ भन्ने वुझाई धेरैमा छ । शहर वजारवाट शुरु भएका जे जस्ता कुरालाई विना विश्लेषण अनुकरण हुने गर्दछ ।
आज तीजको भड्किलो पनको हुवहु अनुकरण पनि यसरी नै भएको हो । नेपालमा शिक्षित महिला संख्या कम छैन । अव सहरवाट तिजको प्रसंगमा गाउँ गाउँ पुग्ने स्रव्य दृष्य सामाग्री र व्यवहारहरुले कस्तो सोचको प्रसार भइरहेको छ, मनन गर्न सक्नु पर्दछ ।
नेपालमा महिला सशक्तीकरण अत्यन्त महत्वपूर्ण सवाल हो । के हामी तीजलाई यसको लागि एक अवसरको रूपमा प्रयोग गर्न सक्दैनौ । यसकोलागी तिजको समयसापेक्ष सुधार गरिनु पर्ने विषयहरुको उठान गर्न सकिन्छ । तीजको मौलिकता र मितव्ययीता संगै स्वभिमान र आत्म निर्भरतालाई टेवा पुग्ने किसिमका सोचहरुवाट समाजमा योगदान पु¥याउन सकिन्छ ।
अन्यत्रवाट आएका महूगो लुगा गहना सृंगारका सामान किन्ने सट्टा आफ्नै देशमा उत्पादित वस्तु प्राथमिकताका साथ ग्रहण गर्ने, उत्पादन नभएकालाई उत्पादन गर्ने सोच र व्यवहारको विकास गर्न सकिन्छ । यो सालको तीजमा हाम्रै नेपाली चेलीले वनाएको ढाका भनी लाग्न सके त्यसले महिला उद्धमशीलता र आन्तरीक उत्पादन प्रसारमा योगदान गर्न सक्छ । तीजको उपलक्ष्यमा वृक्षारोपण गर्दा पनि सामूहकिता र समाज विकाशमा सकारात्मक प्रभाव नै पर्छ ।
तीज लगायत विभिन्न समयमा हुने गरेको खर्चवाट पनि व्यवहारिक पाठ सिक्न सकिन्छ । अधिकांश महिलाहरुको सवैभन्दा वढी श्रम घर धन्धामा सिमित हुन्छ । यस्तो श्रमवाट एक पैसा हातमा आउदैन । तीज लगायत अरू समयमा जायज खर्च गर्न पनि सधै अरूसँग हात पसार्नु परेको छ । यदि हाम्रो ध्यान घर धन्धामा मात्र सिमित नरहेर अर्थ आर्जन हुने क्षेत्र तर्फ जान सक्यो भने आर्थिक आत्मानिर्भर मात्र होइन घर धन्धाको वाडँफाँड पनि स्वतः मिल्दै जाने सचेतना सर्वत्र पुर्याउन सकिन्छ ।
तीजको कथामा उल्लेखित पार्वतीले आफूले ईच्छाएको व्यक्तिसँग विवाह गर्न गरेको प्रयास र सफलताको सार आज पनि अनुकरणीय छ । समय अनुुसार प्रयासको तरिका फरक हुन सक्छ । नेपालको वर्तमान कानुनले पनि विवाह गर्ने व्यक्तिको मन्जुरी विना विवाह गर्न वा गराउन नहुने व्यवस्था गरी मन्जुरी विनाको विवाह वदर हुने र दण्डनिय वनाएको छ । यस्ता विषयको जानकारी सवै ठाउमा पु¥याउन सके सामाजिक सचेतनाको विकास हुन्छ ।
तीजका गीत र विषयवस्तुले महिलाको पिछडिएको अवस्था, कार्य प्रगति र धार्मिक सहिष्णुताको बारेमा प्रगतिशील र विकासमुलक धारणा प्रवाह गराउन सके गुनासो पोखेर मन वहलाउने कुरालाई वुलन्द आवाजमा परिणत गर्न सकिने देखिन्छ ।
परम्परागत मान्यता अनुसार तीजमा केही सुधार गर्नुपर्ने विषय पनि छन् । पानीसम्म नखाई निराहार ब्रत बस्ने र बाध्यताबस बसाइने क्रममा कमजोर महिलाहरू विरामी हुने, गर्भवती महिलाको स्वास्थ्यमा असर पुग्ने र अनावश्यक कष्ट भोग्नु पर्ने पद्धतिलाई स्वास्थ्यकर,सहज र व्यक्ति विशेषको मानव अधिकारको पक्षसँग विचार गरेर समय सुहाउदो सुधार गर्नु पर्ने विचार प्रवाहित हुन सके क्रमिक सुधार हुन सक्नेछ ।हिन्दु धर्मावलम्बी जो कोही पनि हुन सक्ने हुनाले तिजमा देखिने सीमित जातका महिलाको मात्र बढी उपस्थितिलाई विचार गरी अरू जाती लगायत अछुत बनाइएका जाती समेत छुटिरहेका छन् भने समावेशी वनाई पर्वलाई अझ व्यापक बनाउन सकिन्छ । तीजको नाममा थोपरिएका विकृतिहरूले हिन्दु धर्म सामन्ती संस्कारसँग सम्बन्धित छ भन्ने भ्रमहरुलार्ई महिला सशक्तिकरण र चेतनाको माध्यमबाट हटाउन सके हिन्दुधर्मले आम जनसमुदायमा भिज्न साथै धार्मिक सहिष्णुता र विविधतालाई समेट्न सक्दछ ।
अर्कोतर्फ औसत नेपालीको आर्थिक स्थीतिले तीजमा हाल भइरहेको जस्तो तडकभडक गर्ने क्षमता राख्न सक्छ जस्तो देखिदैन । आमनेपालीको औसत जीवनयापनमा सुधार नआई शहरहरू केिन्द्रत तीजमा हुने खर्च कही नेपालमा वढदो भष्ट्रचारसंग पनि सम्वन्धित नहोला भन्न सकिन्न ।
अर्कोतर्फ औसत नेपालीको आर्थिक स्थीतिले तीजमा हाल भइरहेको जस्तो तडकभडक गर्ने क्षमता राख्न सक्छ जस्तो देखिदैन । आमनेपालीको औसत जीवनयापनमा सुधार नआई शहरहरू केिन्द्रत तीजमा हुने खर्च कही नेपालमा वढदो भष्ट्रचारसंग पनि सम्वन्धित नहोला भन्न सकिन्न । क्षमता भन्दा धेरै हैसियत देखाउनले कतै गलत गरेर कामएको पैसामा त रवाफ देखाएको छैन ? सरकार, सरोकारवाला र हामी सबै सचेत हुनै पर्दछ । तसर्थ हिन्दु सांस्कृतिक पर्व तीजको मौलिकतालाई व्यवहारीक अनुशरण गर्दै, समय सापेक्षतामा परिवर्तन र परिमार्जन गर्नु पर्ने विषयमा छलफल, विचार आदानप्रदान र चिन्तनको माध्यमबाट निस्कर्षमा पुग्न सकेमा पर्वको सार्थकता वास्तविक,सहज, व्यापक र दिघो हुन सक्ने देखिन्छ । सामान्यरूपमा मनाउन सके सधै र सबैले तीज मनाईरहून पाउने कुरामा दुबिधा नहोला , तर हाम्रो व्यवहार विकृत हुने र त्यही विकृति वितृष्णाको कारण नहोस ।