सचिनजंग रायमाझी इलाम नगर परिषद्का अध्यक्ष हुन् । उनी २०७५ साउन १४ गते नगर परिषद्को अध्यक्षमा नियुक्ति भएका हुन् । यस भन्दा अघि पनि युवाका क्षेत्रमा काम गरेका रायमाझीले परिषद् अध्यक्ष समालेपछिको अनुभवका बारेमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गरिएको कुराकानी ः
प्रश्न ः तपाईं नगर परिषद् अध्यक्ष नियुत्ति हुनुभएको पनि एक वर्ष पुगेछ । अहिले सम्म परिषद्ले तपाईंको नेतृत्व पाएपछि के के काम गर्नुभयाे ।
म नगर परिषद् अध्यक्ष चुनिएको एक वर्ष पुगेछ । यो समयमा हामीले हाम्रो परिषद्को नेतृत्व वडा वडामा पु¥र्यौ । वडा वडामा परिषद् गठन ग¥र्यौ र त्यहाँ पनि समिति गठन ग¥र्यौ । कम्तीमा पनि युवालाई एकीकरण गर्ने काम त्यसबाट गर्ने प्रयास शुरु ग¥र्यौ भन्ने लाग्छ ।
प्रश्न ःनगरका १२ वटै वडामा परिषद् गठन त गर्नुभयो । त्यसबाहेक अरू चाहिँ यो बीचमा के के काम भयो ?
हामीले परिषद्लाई नगरबाट वडामा विकेन्द्रीकरण ग¥र्यौ । कम्तीमा पनि युवा यो हो भनेर बुझाउन सुरु ग¥यो । युवा के चाहन्छन् भन्ने बारेमा पनि बुझेउ । उनीहरूले राष्ट्र र आफ्नै नगर वा स्थानीय सरकारबाट के चाहन्छन् भन्ने बारेमा बुझेउ । यसबाट युवाको राष्ट्र पट्टिको चाहना के हो र हामीले के गर्न सक्छौ भन्ने थाहा भयो । हामीले यही कुरालाई नगरमा आएर पनि कुरा राखेउ । हामी युवा संगठित गरेर युवा नेतृत्व खोजिरहेका छौ ।
प्रश्न ःयुवाको बारेमा बुझेउ ता भन्नुभयो तपाईं वडा स्तरमा युवा परिषद् गठन गर्न जादै गर्दा के कुरा बुझ्नु भयो ?
तपाईंले सही प्रश्न सोध्नु भयो । युवा उमेर भनेको जीवन चलाउने फाउन्डेसन मार्ग हो । हामीले यो उमेरमा के काम गर्छौ भविष्य त्यस्तै हुन्छ भन्ने मलाई लाग्छ । सहज रूपमा भन्न सकिन्छ कि युवा उमेर एउटा महोत्वकांक्षी उमेर पनि हो । यस समयमा मानिसलाई धेरै अवसर खोज्छ यदि अवसर नपाए विकल्प खोज्ने तिर लाग्छ । मैले भन्न खोजेको अहिलेका युवाहरू सुरुवाती समयमा स्वदेशमै रहेर केह ीगर्ने नै सम्झन्छन् । यदि सम्भव नभएमा निराशाबोध गर्दै विदेशिने सोच बनाउँछौ । यो कुरा बढी खड्किएको पाइयो ।
प्रश्न ःयो त मुलुक भरको समस्या नै हो । यसको उपाय चाहिँ के हुन सक्छ ?
यसको उपाय भनेको हामीले युवालाई जिम्मेवारी दिनुपर्छ भन्ने हो । यदि सरकारबाटै युवालाई जिम्मेवारी दिएमा युवामा नैराश्यता बोध हुँदैन । अनि अर्को कुरा भनेको हाम्रो युवाको उमेर पनि धेर भयो । १६ देखि ४० वर्ष सम्म राखिएको छ । तर हेर्दा युवा जस्तो देखिने जो कोहीलाई पनि हामी युवा नै सम्बोधन गर्छौ । त्यसो हुँदा उसको प्रोत्साहन त हुन्छ तर १५ देखि ३० उमेर समूहको युवा भने अधिकारबाट बञ्चित हुने देखिन्छ । मैले भन्ने गरेको युवाहरू १८ देखि २० बर्षकै उमेरमा आफूलाई जिम्मेवारी दिए हुने भन्ने सोच्छन् तर युवाको उमेर चाहिँ ४० वर्ष सम्म तोकिदा ३० देखि ४० वर्ष उमेर समूहको युवाले जिम्मेवारी लिने र त्यसदेखि मुनिको उमेर समूहका व्यक्ति फेरि पनि जिम्मेवारी नआउने हुन्छ ।
प्रश्न ःतपाईंले भन्न खोजेको युवाको रेङिकङ बढी भयो र युवालाई नेतृत्व दिदैँ पनि खास युवा(१८–३०) उमेरकाले नेतृत्व पाउँदैनन् भन्ने हो ?
हो मैले भन्न खोजेको यही हो । अहिलेको नेतृत्वमा युवालाई नेतृत्व परिवर्तन छाड्दैन एउटा कुरा यदि नेतृत्व युवामा आएपनि खास युवाले नेतृत्व पाउँदैनन् । त्यसैले पनि धेरै युवा बैरगमनमा लागेका देखिन्छ । यो प्रक्रिया रोक्न युवाको उमेर समूहमा ध्यान दिनु पर्छ ।
प्रश्न ः धेरै समस्या देखिए । तपाईं पनि युवा भएका नाताले यो समस्या हल गर्न के समाधान गर्न सकिएला । अथवा इलाम नगरपालिकाले के गर्दै छ ।
यो मुलुककै समस्या भएकाले नगरले समाधान गर्न सक्ने कुरा खासै खासै आउँदैन । तर पनि हामी प्रयत्न रत छौ । हामीले २०६८ सालको जनगणना अनुसार नगरका युवाको संख्या किटान गर्दै छौँ । नगरले युवाका लागि बजेट पनि छुट्याएको छ र कार्यक्रम समेत राखेको छ । कार्यक्रम स्वेदशमुखी छन् भने यसबाट देशमै केह ीगर्न सकिन्छ भन्ने उत्प्रेरणा दिने किसिमका कार्यक्रम छन् । त्यसैले पनि समस्या केही समाधान हुन्छ कि भन्ने लागेको छ ।।
प्रश्न ः अनि समग्र मुलुकबाट युवाको समस्या समाधान गर्न के गर्न सकिएला ?
हाम्रो समस्या रोजगारीका लागि विदेशिनु पर्ने नै मुख्य हो । यसका लागि र राष्ट्रले लिएको समृद्धिको नारा पूरा गर्नका लागि धेरै ठाउँमा युवालाई नेतृत्व दिनु आवश्यक छ । किनकि युवामा काम गर्न सक्ने क्षमता छ तर जिम्मेवारी नपाउँदा विदेशिनु परेको हो । र अर्को कुरा सरकारले युवालाई १६ वर्ष देखि नै केही न केही जिम्मेवारी दियो भने पनि समस्या समाधान हुन सक्छ । युवाले धेरै कमाउनका लागि विदेश गएका होइनन् । जिम्मेवारी नभएर भविष्य बनाउन विदेशिएका हुन् ।