नानीहरूलाई कस्तो शिक्षा दिने ?

  विशाल कार्की

 1596 पटक हेरिएको

मानिस वौद्धिक र विवेकशिल प्राणी हो । यही गुणले गर्दा मानव जातिलाई अरू प्राणी भन्दा उच्च र विशिष्ठ बनाएको छ ।
यसको अर्थ के हो भने मानिसले कुनै पनि वस्तु वा घटनालाई देखेपछि वा सुनेपछि त्यसलाई बुझ्न, विश्लेषण गर्न, आफ्नो धारणा बनाउन र त्यसलाई व्यक्त गर्न सक्छ ।
मानव मस्तिस्क एकदमै शक्तिशाली हुन्छ । भनिन्छ यसको पूर्ण प्रयोग अहिले सम्म पनि भएको छैन । यद्यपि अहिले सम्म भएका खोज, अनुसन्धान र आविस्कार हेर्ने हो भने चमत्कार भएको छ । यो सबै मानिसको चिन्तन क्षमताले नै भएको हो ।
यो सब कुरा मानव क्षमता हो । भनिन्छ कुनै पनि व्यक्तिको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने कुरा शिक्षा नै हो । त्यसैले शिक्षा जति वैज्ञानिक र व्यवहारिक हुन सक्यो त्यति नै मानिसको क्षमता अभिवृद्धि र प्रस्फुटनमा त्यति नै प्रभाव पार्छ । अब प्रस्न उठ्न सक्छ कि के हो त व्यवहारिक र वैज्ञानिक शिक्षा भनेको ? यसमा ठूलो व्याख्या नगरीकन सामान्य शब्दमा भन्ने हो भने मानिसले ग्रहण गरेको शिक्षालाई आवश्यक परेको समयमा प्रयोगमा ल्याउन सकिने शिक्षा नै व्यवहारीक शिक्षा हो ।

शिक्षा जसले सप्रमाणित सिद्धान्त र तथ्यपरक ज्ञान र सिप जुन क्षमता,दक्षता र रुचिको आधारमा होस् । यसरी सरसरती हेर्दा बर्तमान अवस्थाको शिक्षा प्रणाली त्यो किसिमको छ त? साथै शिक्षा मानिसको नैतिक पक्षलाई पनि विशेष ख्याल गर्न पर्छ ।

शिक्षा जसले सप्रमाणित सिद्धान्त र तथ्यपरक ज्ञान र सिप जुन क्षमता,दक्षता र रुचिको आधारमा होस् । यसरी सरसरती हेर्दा बर्तमान अवस्थाको शिक्षा प्रणाली त्यो किसिमको छ त? साथै शिक्षा मानिसको नैतिक पक्षलाई पनि विशेष ख्याल गर्न पर्छ । उस्ले अरु प्रति गर्ने व्यवहार ,अरुसंगको प्रतिक्रिया,बोली वचन ,सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने बोध यो पनी शिक्षाले प्रदान गर्नू पर्छ ।
परिवार नै पहिलो विद्यालय हो । अनि आमाबुबा पहिलो शिक्षक । के यो कुरालाई हामिले मनन गर्न सकेका छौ त ? यसको अर्थ के हो भने हामिले हामो्र नानीहरुलाई छेउमा वा उनीहरुसँग जस्तो व्यवहार गर्छौ, जस्तो भाषा शैली प्रयोग गर्छौ त्यस्तै व्यवहारको अनुसरण उनीहरूले गर्छन । अझ बाल्यअवस्थामा त आफ्नो बुबाआमा जत्तिको जान्ने अरू कोही छ जस्तै मान्दैनन् अर्थात उनीहरुको आदर्श भनेकै उनीहरूका बुबा आमाहरु हुन् ।
तशर्थ आमाबुबाको क्रियाकलाप र व्यवहार नै उनीहरुले लिने पहिलो शिक्षा हो वा शिक्षाको आधारशिला हो ।
यी तीन कुरा सँगै लागौ
१. संस्कृति सिकाऔ
सबै भन्दा पहिले हामीले बच्चालाई हाम्रो संस्कृति सभ्यताको बारेमा ज्ञात गराउन आवस्यक छ। औपचारिक शिक्षामा त अभिवाभक सदा चनाखो हुन्छन् । हामो्र देश यस्तो छ कि यहा विभिन्न जाति विशेषको आफ्नै किसिमको संस्कृति छ । ती संस्कृतिका आफ्नै मूल्य मान्यता छ भने कति विज्ञान संवत पनि छन् । हामी यी कुरालाई सानै देखि बुझाउन सक्नु पर्छ । यसो गर्नाले उनीहरूलाई आफ्नो संस्कार प्रति रुची हुन्छ र त्यसका रामा्र नरामा्र पक्ष पनि निक्र्योल गर्न सक्छन् । साथै संस्कृति केहो यसको सही बोध गराउन सकियो भने स्वतस्फूर्त संरक्षण हुनेमा दुई मत छैन ।
२.प्रकृतिसंग खेल्न दिऔ
दोसो्र प्राकृतिक परिवेशसंग सानै देखि बच्चालाई स्वतस्फूर्त रुपमा रम्न दिउ । अचेल आम प्रबृती के देखिन्छ भने प्राय बाबु आमा आफ्ना सन्तानलाई कोठा भित्र थुनेर राख्ने र बालबालिकाहरु टेलिभिजन, मोबाईलसँग मात्र खेल्ने गर्छन ।
केटाकेटी पानीसँग खेले भने वा माटोसँग खेले भने हामी तर्सिन्छौ र बच्चालाई हप्काउछौ पनि  । यसरी बच्चाहरू बाहिरी वातावरण र प्रकृतिसँग विस्तारै टाढा हुदै जान्छन् । यसले गर्दा उनीहरूको सिर्जनात्मकता हराउँदै जान्छ । साथै सामाज संग पनि टाढिन्छन् ।जसले गर्दा एकलकाँटे स्वाभावका हुन्छन् । त्यसैले हामीले हामा्र नानीहरुलाई प्रकृतिसँग पनि खेल्न दिइनुपर्छ ।

सम्पूर्ण कुरा प्रविधि संग जोडिएर मात्र हुन्छ । सम्पूर्ण कुरा अब प्रविधिले नै हुन्छ । तसर्थ हामिले बच्चालाई प्रविधिको पनि ज्ञान उत्तिकै जोडतोडका साथ दिन पर्छ । जस्ले समय सापेक्ष प्रतिस्पर्दा गर्न सकोस । बालबालिका देशका भोलिका खम्बा हुन् ।

३.प्रविधिसंग जोडाँै
यो युग प्रविधि मैत्री युग हो । सम्पूर्ण कुरा प्रविधि संग जोडिएर मात्र हुन्छ । सम्पूर्ण कुरा अब प्रविधिले नै हुन्छ । तसर्थ हामिले बच्चालाई प्रविधिको पनि ज्ञान उत्तिकै जोडतोडका साथ दिन पर्छ । जस्ले समय सापेक्ष प्रतिस्पर्दा गर्न सकोस । बालबालिका देशका भोलिका खम्बा हुन् । आज एउटा बालकको भविष्य निर्धारणले भोलिको देशको भाग्य रेखा कोर्दछ ।
mविशाल कार्की

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार