समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने इलामको रोङ गाउँपालिकामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । सुरक्षित आप्रवासनको प्रवर्धन र मानव बेचबिखनको रोकथामका लागि युवा समूहको परिचालनका लागि गाउँपालिका स्तरीय युवा सशक्तिकरण सञ्जाल गठन कार्यक्रममा सहभागीले विकास निर्माणको कामसँगै समाज निर्माणको काम गर्नुपर्ने बताए ।
गाँपालिकाको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको सञ्जाल गठन कार्यक्रममा सामाजिक रूपान्तरणका लागि युवा जिम्मेवार हुनुपर्ने गाउँपालिका अध्यक्ष सम्सेर राईले बताए । उनले स्थानीय क्षेत्रमा समाज विकसित भयो भने मात्र समग्र विकासमा टेवा पुग्नेमा जोड दिए ।
उनले युवा समाज रूपान्तरणसँगै भविष्य निर्माणकर्ता भएकोले सरकारको कामलाई खबरदारी गरेर समेत सहयोग गर्नुपर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले युवाहरू समाजको जिम्मेवार नागरिक भएकोले समाज निर्माणसँगै विकासको काममा एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । उनले युवा समाज रूपान्तरणसँगै भविष्य निर्माणकर्ता भएकोले सरकारको कामलाई खबरदारी गरेर समेत सहयोग गर्नुपर्ने बताए ।
विकास निर्माणसँगै समाज निर्माणको हरेक क्षेत्रमा सरकारले गरेको कामको सहयोग गर्न सामाजिक रूपान्तरणका लागि युवा परिचालन महत्वपूर्ण विषय भएको मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देबेन्द्र विश्कर्माले बताए ।
कार्यक्रममा लक्षित वर्गको विषयगत क्षमता विकास, सामाजिक संरचनाको विकास, प्रर्वधन सञ्जालीकरण र पैरवी गर्दै आएको छ । यसका साथै समस्यामा परी फर्किएको आप्रवासी तथा मानव बेचबिखनबाट पीडित हुनेहरूको सामाजिक आर्थिक र पुनस्थापनामा सहयोग पु¥याइ रहेको परियोजना संयोजक सन्तोष मगरले जानकारी गराए ।