अमर कल्याण माविमा अ‌ंग्रेजी माध्यमबाट पढाउन शिक्षकशिक्षिकालाई तालिम

इलामको माईजोगमाई गाउँपालिकाको केन्द्रमा रहेको नमुना विद्यालय अमर कल्याण माध्यमिक विद्यालयमा अंग्रजीमाध्यमबाट पठनपाठन गराउनका लागि शिक्षकशिक्षिकालाई दिइएको आठ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । नमूना विद्यालय घोािषत भएसँगै अंग्रजीमाध्यमबाट पठनपाठन गराउनु पर्ने भएकाले शिक्षकशिक्षिकालाई अंग्रेजी विषय पढाउनका लागि तालिम चलाएको हो ।

सबै शिक्षक शिक्षिकामा एकै प्रकारको क्षमता नहुने भएकाले गुणस्तरीय शिक्षा दिनका लागि तालिम दिइएको बताए ।

कार्यक्रममा अमर कल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ मोक्तानले विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि तालिमको आयोजना गरिएकोले सबै शिक्षक शिक्षिकामा एकै प्रकारको क्षमता नहुने भएकाले गुणस्तरीय शिक्षा दिनका लागि तालिम दिइएको बताए ।

यस्तै कार्यक्रमका सहजकर्ता तीर्थमान राईले अमर कल्याण माध्यमिक विद्यालयमा इन्टरनेटको समेत उपलब्धता रहेकाले अब शिक्षक शिक्षिकाले इन्टरनेटको माध्यमबाट हरेक दिन नयाँ विषयलाई कक्षाकोठामा लग्नु पर्ने र अंग्रेजी भाषा प्रयोग ल्याउनमा विद्यार्थीमा हौसला प्रदान गर्न शिक्षकशिक्षिकलाई आग्रह गरे ।

अमर कल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ मोक्तानको अध्यक्षतामा सम्पन्न तालिममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू देवीभक्त शिवाकोटी, आङपासाङ शेर्पालगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार