उपनिर्वाचका लागि दलहरू सहमत - saralpati.com

उपनिर्वाचका लागि दलहरू सहमत

रिक्त स्थानमा मंसिरमा उपनिर्वाचन हुने

  सरलपाटी सम्वाददाता

 500 पटक हेरिएको

काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने सहमति भएको छ । निर्वाचन आयोगमा विहीबार भएको छलफलमा मंसिरमा उपनिर्वाचन गर्ने सहमति जुटेको हो ।

प्रदेशसभा सदस्यदेखि वडा सदस्यसम्म खाली रहेको स्थानमा उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको थियो ।

छलफलमा राजनीतिक दलहरुले मंसिरमा चुनाव गर्न उपयुक्त हुने सुझाव आयोगलाई दिएका थिए । दलहरुको प्रस्तावमा आयोगले मंसिरमा उपनिर्वाचन गर्न आयोग तयार रहेको जनाएको छ ।

उपनिर्वाचनका लागि तयारी भइरहेको बताउँदै मंसिरमा उपचुनाव गर्न कुनै समस्या नरहेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताउनुभयो। ‘मंसिरमा निर्वाचन गर्न कुनै समस्या छैन’ प्रवक्ता खरेलले भन्नुभयो,‘आयोगले तयारी गरिरहेको छ । सरकारसँग छलफल गरेर यो विषयमा टुंगोमा पुग्न सकिन्छ ।’ निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह गरी अहिलेसम्म ५० स्थानमा उपनिर्वाचन गराउनुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार