प्रधानमन्त्री ओलीले ताप्लेजुङमा गरेको प्रतिवद्धता पूरा

योगेश भट्टराई पर्यटनमन्त्री

  सरलपाटी संवाददाता

 605 पटक हेरिएको

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । चुनाव प्रचारमा जाादा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । सुरुवाती मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा ओलीको आलोचना समेत भएको थियो ।

निर्वाचनका बेला भट्टराईलाई भोट माग्न ताप्लेजुङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लुजुङबासीसँग ‘योगेशलाई सांसद बनाएर पठाइदिनु । अब मन्त्री बनाएरु फर्काइदिन्छु’ भनेर भाषण गरेका थिए । मन्त्रीमण्डल गठन भएको लामो समय सम्म योगेश मन्त्रीको ‘लिष्ट’मा नपर्दा धेरैले प्रधानमन्त्री ओलीको बोली पूरा नभएको भन्दै चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार