पत्रकार सुजन तिम्सिनालाई प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५ मा पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष तथा नेपाल टेलिभिजनका इलाम संवाद्दाता तिम्सिनालाई नगद २० हजारसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।
लोकल सन्देश डटकम अनलाइन र स्थानीय सन्देश साप्ताहितका प्रकाशक र सम्पादक समेत रहेका तिम्सिनालाई शिक्षामन्त्री गिरिराजमणि पोख्रेल पुरस्कार प्रदान गरेका हुन् ।
लोकल सन्देश डटकम अनलाइन र स्थानीय सन्देश साप्ताहितका प्रकाशक र सम्पादक समेत रहेका तिम्सिनालाई शिक्षामन्त्री गिरिराजमणि पोख्रेल पुरस्कार प्रदान गरेका हुन् ।
प्रदेश नम्बर एक बाटै १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रदेश १ बाट सुनसरीका पत्रकार रोहित राई र मोरङकी सुशीला पाठकलाई मन्त्री पोखरेलले पुरस्कार हस्तान्तरण गरेका हुन् ।सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानि ३६ जना पत्रकारलाई छनौट गरि पुरस्कार प्रदान गरिएको हो ।
८ प्रदेशबाट १÷१ जनालाई प्रदान गरिने पुरस्कारबाट प्रदेश नम्बर २ बाट सन्तोष सिंह जनकपुर, ३ बाट सरिता श्रेष्ठ धादिङ, गण्डकी प्रदेशबाट कमल खत्री म्याग्दी, प्रदेश ५ बाट प्रेमनारायण आचार्य अर्घाखाँची, कर्णाली प्रदेशबाट गोविन्द केसी दैलेख, सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट कञ्चनपुर र उपत्यकाबाट लक्ष्मी पौडेल काठमाडौं लाई प्रदान गरिएको छ । यसैगरी बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट २÷२ जनालाई प्रदान गरिने रु १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट २ बाट बृजलाल पासवान पर्सा र सुनिल ठाकुर सर्लाही, ३ बाट शरद अधिकारी काठमाडौं र सविता श्रेष्ठ चितवन, गण्डकी प्रदेशबाट रोशन तिवारी पर्वत र शान्ता कमली लमजुङ, ५ बाट विकास बन्जाडे कपिलवस्तु र भगवती पाण्डे रुपन्देही, कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने कालीकोट र हरि गौतम रुकुम, सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय बझाङ र भूमिराज जोशी बझाड तथा उपत्यकाबाट राजन रुचाल ललितपुर र प्रशान्त वली काठमाडौंलाई पुरस्कार हस्तान्तरढा गरिएको हो ।


722 पटक हेरिएको 






