‘स्थानीय तहले जनताको भावना अनुसार काम गर्नुपर्छ’

  किरण पाैड्याल

 955 पटक हेरिएको

स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले पारदर्शी र जिम्मेवार तरिकाले काम गर्दै जानु पर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् ।
मुलुकमा तीन तहका सरकार भएपनि स्थानीय सरकार भने जनतासँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जिम्मेवार ढंगले आफ्नो भूमिका र प्रतिवद्धता पूरा गर्नुपर्नेमा जोड दिइएको थियो ।
इलाम सदरमुकाममा स्थानीय सरकारका पदाधिकारीहरूको लागि सुशासन सम्बन्धी तालिमको उद्घाटन सत्रमा वक्ताहरूले स्थानीय तहसँग जनताका अपेक्षा बढी रहेकाले पनि जनताको सन्तुष्टिका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए ।लामो समयपछि स्थानीय सरकार आएकाले पनि जनतामा धेरै अपेक्षा भएको भन्दै पूरा गर्दै गएमा मात्र मुलुक समृद्धिको दिशामा पुग्ने बताइएको थियो ।

कार्यक्रममा प्रदेश नं. १ का सांसद रामबहादुर मगर(राना)ले स्थानीय तहले गर्ने प्रत्येक काममा सर्वसाधारणको प्रत्यक्ष भेटघाट हुने भएकाले आफ्नो निर्णयप्रति विश्वस्त र परिपक्व भएर मात्र काम गर्नुपर्ने बताएका थिए ।
उनले सबै सरकार(तीन वटै) को भूमिका आ–आफ्नै रहेको भन्दै स्थानीय सरकारले भने सर्वसाधारणलाई विश्वस्त पार्ने किसिमका विशेष गरी विकास निर्माणका काममा ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा प्रदेश नं. १ का सांसद रामबहादुर मगर(राना)ले स्थानीय तहले गर्ने प्रत्येक काममा सर्वसाधारणको प्रत्यक्ष भेटघाट हुने भएकाले आफ्नो निर्णयप्रति विश्वस्त र परिपक्व भएर मात्र काम गर्नुपर्ने बताएका थिए ।
उनले सबै सरकार(तीन वटै) को भूमिका आ–आफ्नै रहेको भन्दै स्थानीय सरकारले भने सर्वसाधारणलाई विश्वस्त पार्ने किसिमका विशेष गरी विकास निर्माणका काममा ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले आफूहरू निर्वाचित भएको लामो समयसम्म स्थानीय तहको कामको बारेमा राम्रो जानकारी नहुँदा अनविज्ञ रहेको बताए । बस्नेतले मुलुक नयाँ संरचना अनुसार स्थानीय तहको गठन भएकाले पनि काम गर्न असहज भएपनि अब भने सर्वसाधारणको प्रतिवद्धता पूरा गर्ने गरी काम गर्ने दाबी गरे ।
‘स्थानीय तहमा हामी निर्वाचित भएको ४० प्रतिशत समय वितिसक्यो । अब बाँकी समयमा सर्वसाधारणका अपेक्षा अनुसारका काम गर्छौ’ बस्नेतले भने,‘हामी मेलाबजारमा भेटिने सरकार हौँ ।

त्यही भएर पनि अन्य सरकारको तुलनामा बढी जिम्मेवार भएर काम गर्नुपर्ने छ ।’ यस्तै, कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले जनताको काम गर्नका लागि चुनाब जितेर अधिकार सम्पन्न भएकाले सर्वसाधारणको हितमा काम गर्दै रहेको बताइन्। उनले यस्ता जनप्रतिनिधिमुखी तालिम दिएको खण्डमा अझै बढी काम गर्ने क्षमता वृद्धि हुने बताए ।

यस्तै, कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले जनताको काम गर्नका लागि चुनाब जितेर अधिकार सम्पन्न भएकाले सर्वसाधारणको हितमा काम गर्दै रहेको बताइन्।

कार्यक्रममा अमेरिकी राजदूतावासकी प्रवक्ता एनडी डमेन्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, इलाम उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण पौडेललगायतले बोलेका थिए । उक्त कार्यक्रम अमेरिकी राजदूतावासद्वारा सञ्चालित अमेरिकी कर्नर भएका जिल्लामा सञ्चालन गर्ने उद्देश्यअनुसार इलाममा आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार