काम साच्ने बानी छाडौँ

  विशाल कार्की

 1178 पटक हेरिएको

‘‘भोलिदेखि चाहिँ पक्का गर्छु ।” यो शब्द सबै भन्दा गतिलो अस्त्र हो कुनै पनि कामलाई सार्नलाई वा आफूबाट पन्छाउनलाई ।

हामी  कामलाई भोलिको लागि सार्न माहिर हुन्छौ । धेरै जसो त हामी कुनै काम पक्का भोली गर्दिन भन्ने जान्दाजान्दै पनि भोलि गर्छु भनेर आफैलाई झुक्याइ रहेका हुन्छौ । कहिलेकाहिँ त लाग्छ भैरव आर्यलको निबन्ध समय निरपेक्ष छ नेपाली समाजका लागि ।
विद्यार्थी भन्नुस वा शिक्षक , समाजसेवी होस वा बुद्दिजीवि , जनता भनौ वा नेता अथवा युवा भनौ वा किशोर सबै आफ्नो क्षेत्रमा आफ्नोलाई पन्छाउन वा आफ्नो कामलाई सार्दिन्छौ र टार्दिन्छौ । फरक यति छ कि कस्ले कति ठूलो क्षेत्र ओगटिएको काम पन्छाउन सक्छ भन्ने कुरा हुन्छ ।

 विद्यार्थी भन्नुस वा शिक्षक , समाजसेवी होस वा बुद्दिजीवि , जनता भनौ वा नेता अथवा युवा भनौ वा किशोर सबै आफ्नो क्षेत्रमा आफ्नोलाई पन्छाउन वा आफ्नो कामलाई सार्दिन्छौ र टार्दिन्छौ । फरक यति छ कि कस्ले कति ठूलो क्षेत्र ओगटिएको काम पन्छाउन सक्छ भन्ने कुरा हुन्छ ।

हामीलार्इ थाहा छ कि  टार्ने बानीले गर्दा नै हामीपछि छौ तर पनि कामलाई यसरी गर्दिदैनौ कि कोहि अरुलाई खुब मजाले झुक्याएउ । तर यही बानीले हामीलाई दिन दिनै पछि पार्दै छ ।
आखिर किन टार्छन त मान्छेहरु कामलाई
१.सोच प्रणाली
हामी प्राय सानो उमेरदेखि नै कामलाई पछिका लागि सार्नै वा अरुमाथि थोपर्ने प्रवृतिमा हुर्कन्छौ र साना साना कामलाई टार्छौ त‍्यससमयमा त्यसको असर देखिन्न वा कम देखीन्छ । तर कालान्तरमा त्यही कुराकाे बानी बन्छ र जस्तोसुकै कामलाई पनि हामी पन्छाउन थाल्छौ र यहि हाम्राे सोच प्रणाली बन्छ ।
२. अल्छिपन
आफ्नो कामलाई सार्नलाई एउटा कारण अल्छिपन हो । अति आलस्यका कारण मान्छेह कामलाई भोलिका लागि सार्छन ।
३.परिणामको पूर्वानुमान
धेरै जसो काम टार्न उद्दत पार्ने तत्व कुनै पनि कामको हामी आफ्नो किसिमले आंकलन गछौ । अर्को शब्दमा भन्ने हो भने हामी असफल हुने डरले वा आफूलाई त्यासको प्रतिकुल असर पार्छ कि भन्ने डरले पनि कामलाई टार्छौ ।
४.चाख नभएको क्षेत्र
हामा्रे समाजले कामलाई कुनै व्यक्तिको रुचिका आधारमा भन्दा पनि जहाबाट बढि पैसा पाइन्छ , जहा बढि सेवा सुविधा वा छिटो कमाउन सकिन्छ त्यहि काम गर्नु पर्छ भन्ने सोच छ ।
तर सामान्यतय मानिसले आफुलाई जहा रुचि हुन्छ त्यस कारण पनि मानिसलाई काम प्रति वितृष्णा हुन्छ र भरसक कामलाई थाति राख्छौ वा टार्दिन्छौ ।
५.योजना विहिन काम गर्दा
हामी प्राय योजना विहिन काम गर्दा पनि कामलाई सार्ने गर्छोै । यो यस कारणले हुन्छ कि जव हामी संग जव यो काम गरे पछी यो गर्छु भन्ने ठोस कार्ययोजना नै हुदैन तब हामी कुइरोको काग झै हुन्छौ । जव कूनै कामको बारेमा स्पष्ट हुदैनौ तब हामीलाई कुनै पनि किसिमको लगाब हुदैन ।
काम प्रति लगाब कसरी जगाउने ?

मान्छेले अरुलाई बदल्न खोज्छ । भरसक आफूले भने बमोजिम अरु भैदिए हुन्थ्यो भन्ने सोच्छ । तर कमै मानिसले मात्र आफूले आफूलाई अवलोकन गर्छन वा आफू के गर्दै छु र कसरी गर्दै छु भन्ने हेक्का राख्छन । तब हामीले आफूलाई नढाटि प्रश्न गर्न सक्नु पर्छ कि म आफै आफू प्रति कति इमान्दार छु ?

१.सोच प्रणाली बदलौ

मान्छेले अरुलाई बदल्न खोज्छ । भरसक आफूले भने बमोजिम अरु भैदिए हुन्थ्यो भन्ने सोच्छ । तर कमै मानिसले मात्र आफूले आफूलाई अवलोकन गर्छन वा आफू के गर्दै छु र कसरी गर्दै छु भन्ने हेक्का राख्छन । तब हामीले आफूलाई नढाटि प्रश्न गर्न सक्नु पर्छ कि म आफै आफू प्रति कति इमान्दार छु ? के मैले अफ्नो काम इमान्दारीता पूर्वक गरेको छु त ? यदि यो प्रश्न आफैलाई गर्ने र सच्चिदै जाने हो भने हामी आफ्नो काम टार्ने बानीलाई कम गर्न सक्छौ
२.आफूलाई नकारात्मक असर गर्ने काल्पनिक कुरालाई कम वास्त गर्ने
हामी प्राय नकारात्मक कुरालाई बढि चासो दिन्छौ अथवा कुनै काम गर्नु पूर्ब नै हामी त्यो कामको नतिजा आंकलन गर्छौ तर ख्याल गर्नुपर्ने कुरा कहा छ भने यदि हामीले बास्तविकताको आधारमा भए त्यो अवस्थामा आंकलन पनि ठिक हुन्छ तर जव हामी अरुले भनेका आधारमा वा आफै हौवाको भरमा काम प्रति निरुत्साहित हुन्छौ । यदि वास्तविकतालाई मात्र अध्ययन गरेर हामीले काम थाल्ने हो भने कामसंगको आत्मियता अझ बढ्छ ।
३.अल्छीपन हटाऔ
हामिलाई हामो्र अल्छीपनाले पनि दिनदिनै मारिरहेको छ । हामा्रे अल्छीपनका कारण हामी कामलाई टारिदिन्छौ । अल्छीपनले हामीलाई यसरी गाज्छ कि हामि कामलाई टारिदिन्छौ ।
अब यसको समाधान चाहि के हो त?
हामा्रे शारिरीक वा मानसिक शक्ति कतिपय अनावास्यक कुरामा खर्च गरेर सकिरहेका हुन्छौ । हामीले नियमित उपभोग गर्ने कुरालाई कत्तिकको स्वास्थ्य बद्र्घक छ भनेर ख्याल गर्दैनौ यसले पनि आलस्यता बढाउछ ।
४.समयको महत्व बुझौ
हामी समयको महत्वको बारेमा सानैबाट पढेका छौ तर त्यसलाई आत्मसात् गर्दैनौ । यदि समयको महत्वको कुरालाई सहि तरिकाले सोच्ने हो पक्का महत्वको कुरालाई महसुस गर्न सकिन्छ । थुप्रै तरिका होला समयको महत्व थाहा पाउने तर एउटा सरल तरिका  कल्पना गर्नुस यदि तपाईको आयु ६० बर्षको छ भने र तपाई अहिले २० बर्षको हुनुभयो ।

अब तपाईसँग ४० बर्ष छ । तपाईको वृद्द अवस्थालाई ५ बर्ष राखिदिने हो भने अब तपाईको उमेर ३५ बर्षको भयो र अन्य पारिवारिक जिम्मेवारीसँग जुध्ने समय १५ बर्ष राखौ अब तपाईसँग २० बर्ष आयु छ । अब सोच्नुस तपाईले आफुले साृचेको लक्ष्यलाई प्राप्त गर्न पर्याप्त छ? वा आफ्नो लक्ष्यलाई अझ ठूलो पो पार्नु पर्ने पो हो कि ?

अब तपाईसँग ४० बर्ष छ । तपाईको वृद्द अवस्थालाई५ बर्ष राखिदिने हो भने अब तपाईको उमेर ३५ बर्षको भयो र अन्य पारिवारिक जिम्मेवारीसँग जुध्ने समय १५ बर्ष राखौ अब तपाईसँग २० बर्ष आयु छ । अब सोच्नुस तपाईले आफुले साृचेको लक्ष्यलाई प्राप्त गर्न पर्याप्त छ? वा आफ्नो लक्ष्यलाई अझ ठूलो पो पार्नु पर्ने पो हो कि ?
५.रुचि भएको क्षेत्र रोजौ
आफ्नो रुचिको क्षेत्र भएन भने पनि काम प्रतिको लगाव घट्छ । त्यसैले हामीले पहिला नै आफ्नो रुचि के हो थाहा पाउन पर्छ । यदि रुचि थाहा पाइयो र त्यसमा लाग्ने हो भने हामि पूर्ण रुपमा समावेश हुन सक्छौ ।
६.योजना बनाएर काम गरौ
हामिले योजनासहितको काम गर्ने बानीको विकास गर्नुपर्छ । हामीले गर्ने के हो त्यो नै थाहा भएन भने हामी भित्र तेत्तिकै निरुत्साहित हुन्छौ । तसर्थ स्पष्ट योजना भयो भने हामी स्वतस्फूर्त रुपमा काममा लाग्छौ।
तसर्थ हामीलाई दिनप्रति दिन कामलाई टार्ने बानी एक्कासी उत्पन्न हुने गर्दैन यो त सामान्य सामान्य कामबाट हुन्छ , दैनिक कामलाई टार्ने बानीले उत्पन्न हुने गर्छ ।

तपाई पढ्दै हुनुन्छ भने त्यसमा पूर्ण रुपले समावेश हुनुहोस, हिड्दै हुनुन्छ मात्र हिड्ने गर्नुस् वरिपरिको वातावरणलाई महसुश गर्नुस् । जे गर्नुहुन्छ त्यसमा भित्रै देखि लागि पर्नुस । कुनै काममा लागिपरेपछि सकेरै छाड्ने प्रण गर्नुस । Vibhachallana Tatasatgambhu लाई आत्मसाथ गर्नुस् । एउटा भनाई छ सबै भन्दा महत्वपूर्ण दिन आज हो । सबै भन्दा महत्वपूर्ण समय अहिले हो .।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार