सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागलाई लिएर देखिएको विवाद लम्बिएको छ ।
स्कुल विभागमा कुरो नमिलेपछि नेकपाको आइतवार बस्ने भनिएको सविचलाय बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ। स्कुल विभागमा देखिएको विवाद र पार्टी एकतामा देखिएको गतिरोध मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्ड शनिबार र आइतवार दुई दिन लगातर छलफलमा जुटे।
दुई अध्यक्षको छलफल निचोडमा नपुगेपछि सचिवालय बैठक पनि सोमबारसम्मका लागि सरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षबीचको छलफल निर्णयमा नपुगेपछि सचिवालय बैठक सरेको हो। स्कुल विभागका तीन विकल्प तत्कालीन नेकपा एमालेका नेता इश्वर पोखरेल र तत्कालीन केकपा माओवादी (केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले दाबी गरेपछि स्कुल विभागको विवाद बढेको हो।
दुई नेताले आफ्नो बलियो दाबेदारी प्रस्तुतत गरेपछि नेकपाका ३२ विभागमध्ये सबैभन्दा अफ्ठेरो गाँठो यसमै परेको हो। यस्ता छन् तीन विकल्प नेकपाले स्कुल विभागमा देखिएको विवाद मिलाउन तीनवटा विकल्पमा छलफल गरिरहेको छ। दुई अध्यक्षले स्कुल विभागबारे तीन विकल्पमा छलफल गरेका हुन् ।
जसमा यो विभागलाई आफैँले राख्ने, अर्को विकल्पमा विभाग साटेर इश्वर पोखरेललाई दिने र तेस्रो विकल्पमा दुईजना नेतालाई नदिएर तेस्रोलाई दिने गरी छलफल भइरहेको छ । यी विकल्पमध्ये यसअघि दुई नेतालाई छाडेर स्कुल विभाग वरिष्ठ नेता झलनाथ खनाललाई दिनेबारे दुई अध्यक्षबीच छलफल भएको थियो ।
तर त्यसमा पनि निचोड निस्किएन। एक नेताका अनुसार यी तीनमध्ये उयुक्त एउटा विकल्पमा सहमति निकालेपछि सोमबार नेकपा सचिवालयको बैठक बस्नेछ। ‘स्कुल विभागमा देखिएको विवादको आजसम्म दुई अध्यक्षले टुंगो लगाउने छन्’, तीन नेताले भने, ‘त्यसपछि भोली दिउँसो सचिवालय बैठक बसेर यसको टुंगो लगाउन सक्छ।’ थाहाखबर