समृद्ध नेपाल निर्माणमा युवा

  सुशान्त चापागाईं

 1863 पटक हेरिएको

यो ठूलो विश्व को भूगोलमा एउटा सानो हिस्सामा आटेको मुलुक हाम्रो मुलुक “संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल ” पनि हो । आज विश्वमा युवा को संख्या दिनानुदिन घटिरहेको अवस्थामा हाम्रो देशमा भएका कुल जनसंख्या को ४०.३५ प्रतिशत जनसंख्या युवा को छ ।

४०.३ प्रतिशत युवाको प्रतिनिधित्व गर्ने गरिकन नेपाल सरकार ले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद को २०७२ मा स्थापना गरिदिएको छ । यसको स्थापनाकाल देखिनै युवालाई उज्यालो दिने कार्य यसले सुरु गरेको छ ।

अर्थात् आज हाम्रो मुलुक लाई साँच्चै विकास को गति बढाउने हो भने विकास गर्न का निमित्त गियर बढाउने नै हो भने युवा परिचालन गरियो भने आजका भोलि विकास सम्भव छ । तर युवा शक्ति भनेको वर्तमान का साझेदार र भविष्यका कर्णधार हुन भन्ने मान्यता लाई बोलीमा र भाषण मा मात्रै उतारियो भने यो सम्भव छैन । हामीसँग भएको युवा को जमात आज स्वदेशमा रमाउन सकेको छैन, चाहे रहर चाहे बाध्यता उ विदेश पलायन हुन बाध्य छ ।

किनकि उसलाई जीवन धान्नु छ चलाउनु छ भविष्य बनाउनु छ । तर विडम्बना मेरो देश यस्तो देश हो जसले स्वदेशमै युवालाई रोजगारी दिन्छु त भन्छ, रोजगारीका कार्यक्रम पनि ल्याउँछ तर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्व को विभिन्न मुलुकमा रोजगारीका निम्ति पलायन हुने जनशक्ति लाई एकपटक उसको अनुहारको मलिनता लाई नियालेर प्रश्न गर्न सक्दैन की “तिमी विदेश किन जाँदैछौं ?

विदेशमा गएर तिमीले गर्ने दुःख तिमीले बगाउने पसिना आज स्वदेशमै बगाए दुःख गरे तिमीले पनि आम्दानी गर्छौं र देशलाई पनि समृद्धिको बाटोमा अघि बढ्न एउटा इटा थप्छौं” यो देशको मेरो सरकार ले कहिल्यै सोध्ने हिम्मत गरेन। किन गरेन ? उत्तर कसैसँग छ ? यदि छैन भने पनि यसको उत्तर म संग छ । आज मेरो देश मा जे गर्दा पनि सम्भावना नै सम्भावना छ , अवसर नै अवसर छ तर यी सम्भावना र अवसर खेर जाँदैछन् किन ? किनभने हामी युवा संग सीप छैन कामको दक्षता छैन।

वर्तमान अवस्थालाई नियाल्ने हो भने नेपाल विश्व युवा विकास सूचकाङ्क मा १४५ औं स्थानमा रहेको छ । दक्षिण एसिया का मुलुकहरूका तुलना मा त नेपालको युवा विकास सूचकाङ्क सबैभन्दा कमजोर देखिन्छ ।

वर्तमान अवस्थालाई नियाल्ने हो भने नेपाल विश्व युवा विकास सूचकाङ्क मा १४५ औं स्थानमा रहेको छ । दक्षिण एसिया का मुलुकहरूका तुलना मा त नेपालको युवा विकास सूचकाङ्क सबैभन्दा कमजोर देखिन्छ । नेपालको सरकारी तथ्याङ्कमा नेपालमा पूर्ण बेरोजगार युवाको दर २.३ प्रतिशत मात्रै देखाइएपनि अर्धबेरोजगार युवाको दर भने करिब ३६ प्रतिशत रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अनुसार पूर्ण बेरोजगारी १९.२ प्रतिशत र अर्ध बेरोजगारी दर २८.३ प्रतिशत रहेको जानकारी छ ।

अर्ध बेरोजगारी मा रहेको नेपालको करिब ३६ प्रतिशत युवा जनसंख्या आर्थिक उत्पादन र सीपसँग जोडिन सकेको अवस्था छैन । सीमान्तकृत,अल्पसंख्यक,आदिवासी र अपाङ्गता भएका युवामा बेरोजगारीको दर उच्च रहेको छ । कृषि र पर्यटनमा बढी भन्दा बढी सम्भावना रहेको हाम्रो मुलुकमा हामी कृषिलाई तल्लो स्तरको काम को संज्ञा दिँदै हिँडिरहेको छौं तर हामीलाई यो कुरा को हेक्का छैन की मुस्ताङ र जुम्ला को स्याउ लाई नेपालको स्याउ भनेर विश्व बजारमा लैजाने हो भने विश्वका सबै मानिसले एक एक दाना मात्रै खाँदै गर्दा हाम्रो स्याउले नपुगलाकी भन्ने डर हुन्छ तर आज त्यही स्याउ खेर जाँदैछ । तराई का ती समथर भूभागमा कति धान फल्छ ?

अर्ध बेरोजगारी मा रहेको नेपालको करिब ३६ प्रतिशत युवा जनसंख्या आर्थिक उत्पादन र सीपसँग जोडिन सकेको अवस्था छैन । सीमान्तकृत,अल्पसंख्यक,आदिवासी र अपाङ्गता भएका युवामा बेरोजगारीको दर उच्च रहेको छ ।

साँच्चै अर्गानिक रुपमा खेती गरेर तरकारी,फलफूल,नगदेबाली आदि उब्जाउ गर्नेहो भने पुरा का पूरा नेपाली लाई खान पुर्याएर विश्वमा अर्गानिक नेपाली तरकारी फलफूल खाद्यान्न दिन सक्छौं र कमाई गर्न सक्छौं । अहिले भने युवालाई केही राहत होलाकी भन्ने आभास भने हुन थालेको छ । ४०.३ प्रतिशत युवाको प्रतिनिधित्व गर्ने गरिकन नेपाल सरकार ले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद को २०७२ मा स्थापना गरिदिएको छ । यसको स्थापनाकाल देखिनै युवालाई उज्यालो दिने कार्य यसले सुरु गरेको छ ।

अहिले आएर “राष्ट्रिय युवा परिषद नेपाल” ले युवा विकास का लागि दश वर्षे दीर्घकालीन रणनीति : युथ भिजन २०२५ अगाडि सारेर काम गर्दै आएको छ । युथ भिजन २०२५ मा को पाँच स्तंभ हरु मा – १) गुणस्तरिय र व्यवसायिक शिक्षा २) रोजगारी,उद्यमशीलता र सीप विकास ३) स्वास्थ्य र सामाजिक सुरक्षा ४) युवा परिचालन,सहभागिता र नेतृत्व बिकास ५) खेलकुद र मनोरञ्जन । रहेको छ । अब समस्या लाई समस्यामा अल्झाउने भन्दा पनि अब युवा रोजगारी खोज्दै हिँड्ने भन्दा पनि अब युवा रोजगारी दिँदै हिँड्ने बन्न सक्नुपर्छ ।

आजै बाट संकल्प गर्नुहोस म होइन तपाईं हामी लाग्यौं भने नेपाल लाई सारा नेपालीको सपना “समृद्ध नेपाल,सुखी नेपाली” सार्थक बनाउन सक्छौं । यसमा केही सम्भावना अवसर र चुनाैती पनि छन् । त्यसमा, नेपाली युवाका सम्भावना र अवसरहरूमा –

# कृषिमा लगानी

# पर्यटनमा लगानी

# औद्योगिक क्षेत्रमा लगानी

# आत्मनिर्भरता

# लोकतान्त्रिक,संघिय शासन प्रणाली र विकासमा सार्थक सहभागिताको अवसर

# कृषि,जडीबुटी,पर्यटन,जलश्रोत,वन,फलफूल आदिमा लगानी #

विश्व बजारमा वैदेशिक लगानी आदि । अवसर सँगै समस्या र चुनाैती पनि छन् –

# गुणस्तरिय,समय सापेक्ष र रोजगारमूलक शिक्षाको अभाव

#लैंगिक,क्षेत्रिय,जातिय विभेद र वाहिस्करण

#युवा मैत्री लागानी तथा उद्यमको वातावरण को अभाव

# कमजोर स्वास्थ्य स्थिति

# बेरोजगारी

# गन्तव्य विहिनता

# राज्य को मूल प्रवाह बाट टाढिनु आदि ।

अब समस्या को जड बाट माथि उठेर सम्भावना र अवसर लाई हेरेर अगाडि बढ्ने प्रयत्न गर्नै पर्छ तसर्थ आज नगरे कहिले गर्ने युवा ले नगरे कल्ले गर्ने ? अब सुरुवात आफैबाट गर्न सुरु गरौं सबै युवा साथीहरू हातेमालो गर्दै अघि बढौ । तिनै तहका सरकार लाई घच्घच्याउने काम गरौं । युवा सहभागिता बढाउने कुरामा ,युवा नेतृत्व को कुरामा जोड दिऔँ । परिवर्तन सम्भव छ हाम्रै पालामा । जय देश जय युवा धन्यवाद।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार