कक्षा १० मा अध्ययनरत विदुर १९ दिनदेखि वेपत्ता

खोजी गरिदिन परिवारको आग्रह

  सरलपाटी संवाददाता

 1188 पटक हेरिएको

  इलामको सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक १५ बर्षीय बालक १९ दिनदेखि वेपत्ता भएका छन् ।

सन्दकपुर ३ सुलुबुङका विदुर नेपाल गत असार १९ देखि वेपत्ता भएको परिवारले जनाएको छ ।
स्थानीय सन्दकपुर तीनकै सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विदुर विद्यालय जान भनेर हिडेकोे तर घर नफर्केको परिवारले जनाएको छ ।
परिवारका अनुसार सोही दिन मध्यन्न तिर इलाम बजारमा देखिएको भन्ने खवर आएपछि त्यसपछि भने कहिकतै गएको थाहा नभएको परिवारले जनाएको छ । परिवारले वेपत्ता विदुरको खोजी गर्दिन सबै समक्ष आग्रह समेत गरेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार